तीन सातापछि वार्तामा कर्मचारी-व्यवस्थापन

तीन सातादेखि आन्दोलनरत नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी र व्यवस्थापन पक्षबीच आज आइतबार भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा जिल्ला प्रशासन कार्यालय बाँकेमा अहिले वार्ता चलिरहेको हो।

कर्मचारी व्यवस्थापन सहित सर्वपक्षीय सर्वदलीय बैठक बसिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए। अस्पताल जस्तो संवेदनशील ठाउँ तीन सातादेखि बन्द हुनु राम्रो नभएको भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले सर्वपक्षीय सर्वदलीय बैठकले निष्कर्ष निकाल्ने बताए।

Exit mobile version