नेपालगन्ज भनसार, ९७ प्रतिशत व्यापार घाटा

चालु आ.व.को पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट भएको आयात–निर्यातमा झण्डै ९७ प्रतिशत व्यापार घाटा देखिएको छ । आर्यातको तुलनामा निर्यात निकै कम रहेको कम रहेको तथ्यांकले देखाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार, चालु आ.व.को मंसिरसम्म कुल व्यापार घाटा ९६.९५ प्रतिशत रहेको छ । भन्सार कार्यालयका अनुसार चालु आ.व.को मंसिर मसान्तसम्म कुल २९ अर्ब ९७ करोड १४ लाख २६ हजार रूपैयाँ बराबरको कुल कारोबार भएकोमा निर्यात भने जम्मा ८८ करोड ६८ लाख ९८२ हजारको मात्रै भएको छ । गत बर्ष सोही अवधीमा नेपालगन्ज भन्सार कार्यालयबाट कुल भन्सार घाटा ९७.३५ प्रतिशत रहेको थियो ।

पाँच महिनामा लक्ष्यको २८ प्रतिशत मात्रै असुली

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८१÷०८२ को पाँच महिना बितिसक्दा लक्ष्यको मात्रै करिब २९ भन्सार लक्ष्य असुली गरेको छ ।

नेपालगन्ज भन्सारका अनुसार, चालु आ.व.को पाँच महिनामा बार्षिक लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रहेकोमा असुली भने ७ अर्ब ७२ करोड १४ लाख ३३ हजार रूपैयाँ मात्रै रहेको छ ।

Exit mobile version