बाँकेका सहकारीहरूको छाता संस्था , जिल्ला सहकारी संघ बाँकेको अध्यक्ष पदमा प्रेम प्रसाद सुवेदी निर्वाचित भएका छन् । सुवेदी निरन्तर तेस्रो कार्यकालका लागि नेतृत्वमा निर्वाचित भएका हुन् ।
आइतबार भएको सघको ३३औं बार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिको निर्वाचन गर्दै स्ुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार, अध्यक्षमा सुवेदीले ८९ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रत्यासी खड्ग बहादुर ओलीले ३७ मत ल्याएका थिए ।
सञ्चालक समितिमा सितादेवी काफ्ले, सुनिता खाँण ठकुरी, मनोज कुमार मौर्य, महेन्द्र मल्ल ठकुरी, कृष्ण बहादुर विक, छविकला केसी, सेयर बहादुर बस्नेत, मो. अल्ताफ खाँ निर्वाचित भएका छन् ।