कोइलाबासको बाटोमा नेपालगन्ज !

राज्य पुनर्संरचनापछि नेपालगन्ज दाङ्गको भारतसँग जोडिएको नाका कोइलाबास जस्तो हुँदै गएको टिप्पणी खुबै सुनिएको छ । कर्णाली प्रदेशसँग जोडेर मात्रै नेपालगन्जको भविष्य सुरक्षित हुने तर्क कतिपयको छ ।

कतिपय भन्छन्, ‘कैलाली कञ्चनपुरलाई सुदूरपश्चिमबाट दाङ्ग, कपिलवस्तु र बाँके, बर्दिया एक ठाउँमा राखेर बनाउने प्रदेशले मात्रै नेपालगन्जको भविष्यलाई सुनिश्चित गर्न सक्छ ।’ यी पुरानै राजनीतिक अलाप हुन् । नेपालगन्ज साँच्चिकै कमजोर हुँदै गएको हो । ‘नेपालगन्ज आफ्नै बुतामा यहाँसम्म पुगेको हो’, पछिल्ला ६ दशक नजिकबाट नियालिरहेकाहरू भन्छन्, ‘राज्यले नेपालगन्जका लागि ठूलो लगानी कहिल्यै केही गरेन ।’

वास्तवमा उहिल्यैको नेपालगन्ज र अहिलेको नेपालगन्ज तुलनात्मक रूपमा कुन राम्रो थियो होला ? यसका पनि आ–आफ्ना दृष्टिकोण पक्कै छन् ।

नेपालगन्जबारे चासो राख्न र समान दृष्टिकोण बनाउन शुक्रबार भएको जमघटले नेपालगन्जका विविध विषयहरूबारे चर्चा र चासो व्यक्त गरेको छ । ‘नेपालगन्जका गम्भीर समस्याहरूको उत्खनन् गर्ने र समाधानका लागि सरोकारवालाहरूलाई घच्घच्याउन यो पहल लिन खोजिएको हो’, पुरानो पुस्ताका अनुभव सहित आगामी दिनको सुझाव संकलन पनि हुनसक्ने छलफल संयोजन गरिरहेका वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले भने ।

अर्का वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले विविधता बीचको सुन्दर संयोजनमा नेपालगन्जको विशेषता प्रस्तुत गर्दै यसको भविष्यका लागि बहस आवश्यक भएको औंल्याए । छलफलमा सर्य बर्ष यताको नेपालगन्जबारे अनुभव पस्किएका रमेशजंग विष्ट, रमेश गौतम, सरोज तामांग, प्रकाश श्रेष्ठ, प्रमोद श्रेष्ठ, दिपक शाही, दिनेश थापा मगर, मो. आरिफ अन्सारी, झलक गैरे लगायतले बालेका थिए ।,

Exit mobile version