साइकल उत्सवमा उपहार पनि

भोलि बिहीबार देखि आयोजना हुने साइकल उत्सव, किड्स साइकल रेस र टुर दि ठाकुरद्वारा लगायतका कार्यक्रममा उपहारको व्यवस्था समेत गरिने भएको छ । त्यसका लागि नेपालमै सबैभन्दा ठूलो साइकल शोरुमको परिकल्पनामा अगाडि बढेको नेपालगन्ज स्थित बिबि साइकल सेन्टरले साइकल सहित विभिन्न एशोसिरिज प्रदान गरेको आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले जानकारी दिए ।

‘हरेक इभेन्टका विशेष सहभागीलाई उत्प्रेरित गर्न पुरस्कार व्यवस्था गरिएको छ’, अध्यक्ष सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘त्यसखालको मनोरञ्जनात्मक साइकल खेलमा सहभागीलाई पुरस्कृत गर्ने र संकलित रकम क्लबलाई हुने व्यवस्था मिलाइएको छ ।’ भोलि बिहीबार दुई समूहका बालबालिका बीच किड्स साइकल रेस र पर्सी टुर दि ठाकुरद्वारामा दुई सय बढी देश विदेशबाट सहभागी साइकल यात्री सहभागी हुने कार्यक्रम रहेको सचिव इन्द्र गिरीले जानकारी दिए ।

Exit mobile version