बैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका नाममा १ करोड २३ लाख ठगीको आरोपमा बाँके प्रहरीले बैजनाथ गाउँपालिकाकी एक महिलालाई नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक आयूश प्रसाद जोशीले बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनि विभिन्न व्यक्तिहरुसँग १४÷१५ लाखको दरले रकम लिई सम्पर्कविहीन बाँके बैजनाथ गाउँपालिका वडा नं ५ बस्ने बर्ष २३ को तिर्सना बाठा मगरलाई पक्राउ गरेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version