करेन्टले लियो ज्यान

नेपालगन्ज उपमहानगर पालिका–१८ स्थित नफिस ग्यारेजमा करेन्ट लागेर एक जनाएको ज्यान गएको छ ।

प्रहरीका अनुसार, बस मर्मतका लागि बसको छतमा चढि
बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर बर्दिया गुलरिया नगरपालिका–७ मनकामना टोल घर भएका १९ वर्षीय राज राठोरको आइतबार मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version