प्रतितोला दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजार तीन सयले बढेको हो । त्यस्तै आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ६५ तोकिएको महासङ्घले जनाएको छ । चाँदी अघिल्लो दिन प्रतितोला रु एक हजार नौ सय तीसमा कारोबार भएको थियो । हाल अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस दुई हजार नौ सय २१ अमेरिकन डलर आसपारमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हुने घटबढका कारण यहाँको बजारमूल्य प्रभावित हुने गरेको महासङ्घले जनाएको छ ।

Exit mobile version