स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजार तीन सयले बढेको हो । त्यस्तै आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ६५ तोकिएको महासङ्घले जनाएको छ । चाँदी अघिल्लो दिन प्रतितोला रु एक हजार नौ सय तीसमा कारोबार भएको थियो । हाल अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस दुई हजार नौ सय २१ अमेरिकन डलर आसपारमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हुने घटबढका कारण यहाँको बजारमूल्य प्रभावित हुने गरेको महासङ्घले जनाएको छ ।
प्रतितोला दुई हजार तीन सयले बढ्यो सुनको मूल्य
- Dainik Nepalgunj

- Categories: News
Related Content
बालबालिकाको मुद्दामा अदालत संवेदनशील छः न्यायाधीश गौतम
by
Dainik Nepalgunj
September 24, 2026
बाँकेमा विपद् पूर्वतयारी तीव्र
by
Dainik Nepalgunj
September 24, 2026
काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’
by
Dainik Nepalgunj
September 24, 2026
नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु
by
Dainik Nepalgunj
September 24, 2026
विकेन्द्रीत हुँदै राजस्व सेवा
by
Dainik Nepalgunj
September 24, 2026