काठमाडौँ, ४ फागुन : हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । साथै तराईका केही भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र
by
Dainik Nepalgunj
June 15, 2025
उद्योग संघमा अन्सारीको नेतृत्व
by
Dainik Nepalgunj
June 15, 2025
फोटो फेस्टिवलको चौथो संस्करण असार ४ र ५ गते नेपालगन्जमा
by
Dainik Nepalgunj
June 13, 2025
सुनचाँदी व्यवसायीले दिए अल्टिमेटम
by
Dainik Nepalgunj
June 13, 2025
भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी
by
Dainik Nepalgunj
June 12, 2025