कर्मचारी हातपात गर्नेलाई कारवाही माग

कार्यस्थलमा कामकाज गरिरहेकै अवस्थामा राष्ट्रसेवक कर्मचारीहरू माथि हुने अभद्र व्यवहार, कुटपिट, गालीगलौज र आक्रमणका घटनाहरू घट्नुको साटो दिनानुदिन बढिरहेको भन्दै नेपाल निजामती कर्मचारी संगठन बाँकेले त्यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।

कर्मचारीप्रति पछिल्लो समय भएका दुव्र्यवहारका घटनामा ध्यानाकर्षण गर्दै संगठनले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरेको
छ ।

‘सोमबार एकैदिन रूपन्देही जिल्लाको रोहिणी गाउँपालिका र तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरू कार्यस्थलमै स्थानीय जनप्रतिनिधिबाटै कुटपिट र आक्रमणमा परेको घटना प्रति संगठन, बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ’, संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कार्यपालिका बैठकमा छलफलका लागि आमन्त्रित रूपन्देही जिल्ला रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई सोही गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष एवं कार्यपालिका सदस्य करम हुसेन खान र तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नं. २ मा कार्यरत वडा सचिव नविन भुसाललाई सोहि वडाका वडा अध्यक्ष बल बहादुर गुरुङले गरेको दुव्र्यवहार, कुटपिट र आक्रमणको घटनाको नेपाल निजामती कर्मचारी संगठन, बाँके घोर निन्दा र भत्र्सना गर्दछ ।’

‘घटनाको दुई दिन बित्दासम्म पनि दुवै घटनाका दोषीलाई कानुनी दायरामा नल्याइएको घटना प्रति संगठन, बाँके रोष प्रकट गर्दछ’, संगठनका बाँके अध्यक्ष देवीलाल चौलागाई र सचिव तेजेन्द्र रोकायाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछ ।’ साथै न्यायिक आन्दोलनमा रहेका रोहिणी गाउँपालिका रूपन्देही र बन्दीपुर गाउँपालिका तनहुँमा कार्यरत कर्मचारीहरूको माग र आन्दोलन प्रति नेपाल निजामती कर्मचारी संगठन, बाँके एक्यबद्धता पनि प्रेस विज्ञप्ति मार्फत गरिएको छ ।

Exit mobile version