नेपालगन्जमा ‘क्याब नेप’

नेपालगन्जमा ट्याक्सी सेवा सुरु हुने भएको छ । त्यसका लागि इ–ड्राइभले ‘क्याब नेप’ मोबाइल सर्भिस तयारी गरेको हो । त्यसक्रममा बुधबार मात्रै इभी ट्याक्सी सेवाका लागि नेप क्याब नेपाललाई पाँच वटा ‘टाटा एक्सप्रेस टि’ गाडी हस्तान्तरण गरेको सिप्रदीले टे«डिङ प्रा.लि.ले ट्याक्सीका लागि उपयुक्त गाडी बनाइएको जनाएको छ ।

नेप क्याब प्रा.लि.का अध्यक्ष विजय भण्डारी (बासु)ले साँचो लिंदै छिट्टै आफ्नो मोबाइलबाट बुकिङ्ग सेवा लिएर चार पाङ्ग्रे सवारीको सहज सुविधा उपलब्ध गराउने गरी आवश्यक तयारी भैरहेको जानकारी दिए । ‘त्यसका लागि प्ले स्टोरमा छिट्टै नेप क्याबले आफ्ना प्रोडक्ट डाउनलोडको व्यवस्था गर्नेछ’, अध्यक्ष भण्डारीले नेपालगन्जलाई ब्रान्डिङ्ग गर्न इभी ट्याक्सी सेवाले एउटा छुट्टै पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरे ।

नेपालगन्जमा बुधबार गरिएको साँचो हस्तान्तरण कार्यक्रममा टाटा मोटर्सका साउथ एशिया रिजलन कष्टमर केयर प्रमुख रंगवीर कुमार चौधरी, नेपालका कन्ट्री म्यानेजर प्रशन्न रंगनाथन र टाटा मोटर्सका नेपाल स्थित आधिकारिक बिक्रेता सिप्रदीका जनरल म्यानेजर सावन्त जंग सिजापतिले नेप क्याबका अध्यक्ष भण्डारीलाई पाँच वटा गाडीको साँचो हस्तान्तरण गरेका थिए ।

नेप क्याबले प्ले स्टोरमा आफ्नो एप अपलोड गर्ने काम अन्तिममा पुगिसकेको जानकारी दिएको छ । ‘यसले पश्चिम नेपालका यात्रुहरूका लागि एउटा छुट्टै आनन्दको अनुभूति गर्ने गरी सहुलियत र सुरक्षित यात्राको सुनिश्चित गर्नेछ’, भण्डारीले भने ।

Exit mobile version