“शहरमा फूलका कुरा”

बसन्त कुमार उपाध्याय

अठारौं शताब्दि ताका युरोपमा सडक छेउछाउ फूल रोप्न थालिएको पाईन्छ । हुन त एशियामा फूलको प्रयोगको इतिहांस अँझै पुरानो मानिन्छ । तर जनसंख्या शहर केन्द्रित हुँदै जाँदा शहर सुन्दर र व्यवस्थित बनाउन सडक आसपास फूल रोप्न थालियो ।

फूलबाट हामीले सिक्ने कुरा जुनसुकै परिस्थितिमा किन नहोस आनन्द लिन सक्नुपर्छ भन्ने सन्देश हुन्छ । भलै काँडाबीच घेरिएर फूल फुलेको हुन्छ । जिवनमा पनि दुःख र समस्याका अनेकन काँडा हुन्छन् ।

शकील बदायुनीको एउटा शेर :
’काँटों से गुज़र जाता हूँ दामन को बचा कर
फूलों की सियासत से मैं बेगाना नहीं हूँ।’

अनि संसारको सबै भन्दा बढी (सायद) सोधिने प्रश्न –’प्रेम के हो ?’
काल्पनिक नै किन नहोस उत्कृष्ट जवाफ कहिं कतै कसैसँग छैन् पनि होला । पुरक प्रश्न प्रेमको परिभाषा के हो ?
जवाफमा परिभाषाका शब्द संसारमा खेर गएका छन् । जो अनुत्तरित नै छन्। त्यही प्रेम अभिव्यक्त गर्न पनि फूलको प्रयोग हुन्छ ।

समय यता नेपालगन्ज फूलका कारण चर्चामा छ । शहरका मुख्य सडकमा फुलेका फूलले नेपालगन्ज–नगरवासिमा डोपामाइन,सेरोटोनिन, इन्डोर्फिन र अक्सिटोसिन हर्मोन उत्पादनमा वृद्धि भएको आभास गर्दछु ।
वसन्त ऋतुको चञ्चलताबाट गुज्रिने को नहोला र !!

माधव मधुकर फूलका विषयमा लेख्छनः

’हम जान छिड़कते हैं जिस फूल की ख़ुशबू पर
वो फूल भी कांटों के बिस्तर पे खिला होगा ।’

नेपालगन्जका भित्रि गल्लिहरु फोहोरका दूर्गन्धले ग्रस्त छन् । मुल सडक सुर्खेत रोडका बिचमा फुलेका फूलहरुले ति भित्रि गल्लिहरुको दूर्गन्ध बिर्साउने प्रयास गरेको आभास हुन्छ ।
सामाजिक सञ्जालबाट ति सुगन्ध भेट्न सकिन्छ । तर के यति मै नगरवासि उत्साहित भएका हुन त ?

स्वास्थ्य तथा जनसंख्या मन्त्री एक साँझ नेपालगन्जका सडका ति फूलहरुको सुगन्ध अनुभव गर्न नेपालगन्जका सडकमा पनि भेटिए ।

प्रृकतिसँग कस्तो व्यवाहार गर्ने भनेर फूलबाट सिक्नुपर्छ । आँफैमा आत्म सन्तुष्टि महशुस गर्न फूलबाट जान्नुपर्छ । जिवनमा आशावादी हुन र सकारात्मक भईरहन फूलबाट शिक्षा लिनसक्नु पर्छ मानिसले । संवेदनशीलता र सामंजस्य कायम राख्न पनि फूलले सन्देश दिन्छन् । किनकी फूल जस्तो सुकै परिस्थितमा पनि फुल्ने गर्छन्।

मेरा विचरमा फूल कुनै परिभाषाको बन्द घेरामा हुँदैनन,त्यसैले फुल्छन र फूल बन्छन् ।
मानिसको जन्म देखि मृत्यु संस्कार सम्म फूल मात्रै एउटा वस्तुका रुपमा सबै धर्ममा स्विकार्य छ ।
फ्रान्स स्थित पेरिस न्याचुरल हिष्ट्रिका प्रधाध्यापक मार्क आन्द्रेको भनाई सभार गर्न उपयुक्त लाग्छ । आन्द्रे भन्छन–’फूल कुनै पनि वनस्पतिको यौनाङ्ग हुन।’

अहमद फ़राज़ आफ्ना शेर यसरी लेख्छनः

’अब के हम बिछड़े तो शायद ख़्‌वाबों में मिलें
जिस तरह सूखे हुए फूल किताबों में मिलें ।’

स्विडेनका अनुसन्धानकर्ता कार्ल लिनियस फूलाई परिभाषित गर्न एञ्जियोस्पर्म भनेर फूल फुल्ने विधालाई व्यवस्थित गर्न खोजेको सम्झन्छु ।
फूलको सबैभन्दा सुन्दर प्रयोग मौरीले बाहेक अरुले गर्न सायदै सक्लान । यद्यपी मौरीले निलो र हरियो रङ्गका मात्रै फूल देख्छन् ।
सनातन हिन्दू धर्ममा त झनै वृक्षमा ईश्वरको वास हुन्छ भन्ने मान्यता पनि छ ।

पारिजात अर्थात नाइट जस्मिन वा उर्दूमा गुल जाफरी आँफैमा एउटा उत्कृष्ट फूल हो । जो कि रातमा फूल्छ अनि सूर्य उदाउनु अघि नै झरि सक्छ । पारिजातको विरुवा छुँदा मात्रे पनि मानिसको थकाट मेटिन्छ भन्ने गरिन्छ ।

शहरका सडकमा फुलेको कनेर जो मुटु रोगकोउपचारमा समेत प्रयोग हुन्छ । जो कि गन्धहिन हुन्छन् ।
आखिर फूल मानिसको दैनिक जिवनयापनमा जोडिएकै हुन्छ । जो सुन्दरता,प्रेम,ओषधि,शुभेच्छा र समवेदनालाई छोएर फूल्छन् । अनि साहित्य र आध्यात्मलाई पनि फूलले रङ्गिन बनाईदिन्छन् ।

आजकाल नेपालगन्जका शहरमा फुलेका फूलको चर्चा बीच कस्ले रोपे,कस्ले हुर्कायो,कसले संरक्षण गर्यो भन्ने र्प्शन उठेको छ । जो जस्ले गरेका भएपनि ति सबै धन्यवादका पात्र हुन्। आफ्ना कामको श्रेय दामासाहीले सबैले लिंदा हुन्छ । अथवा उदार भएर फूल झैं खुल्ला छाडिदिएपनि हुन्छ ।

र अन्तमा : फूल नटिपौं है त !!
अमीक़ हनफ़ीका यी शेर नगरवासीलाई सुम्पिन्छुः

’फूल खिले हैं लिखा हुआ है तोड़ो मत
और मचल कर जी कहता है छोड़ो मत।’

Exit mobile version