बर्माको नेतृत्वमा बास केन्द्रीय समिति

बास नेपालको दशौं महाधिवेशनले शिव कुमार बर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अध्यक्ष पदमा बर्मा र शाहीको उम्मेदवारी परेकोमा बर्माले १ सय ६२ र शाहीले ३० मत प्राप्त गरेका थिए ।

त्यस्तै खुला उपाध्यक्षमा खुमेश सुवेदी १ सय ५९ मत सहित विजयी भएका छन् । उपाध्यक्ष पदका अर्का उम्मेदवार मणिराम बटालाले ३४ मत प्राप्त गरेका थिए । उपाध्यक्ष (महिला) मा दिला कुमारी शाह निर्विरोध निर्वाचित भइन् ।

सचिवमा पाण्डव पुजारा, सचिव (महिला)मा जोनिशा थारु निर्विरोध निर्वाचित भए भने कोषाध्यक्षमा धिरेन्द्र बहादुर शाही १ सय २० मत सहित निर्वाचित भएका थिए । कोषाध्यक्ष पदमा तपेन्द्र बहादुर मलातीले ७१ मत प्राप्त गरेका
थिए ।

Exit mobile version