राजावादीको प्रदर्शन, केही पक्राउ

बाँकेको कोहोलपुर चौराहामा सडक अवरुद्ध गर्न मंगलबार बिहानैदेखि राजावादीहरूले प्रदर्शन गरेका छन्।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा प्रदर्शनपछि पक्राउ परेका आफ्ना नेताहरूको रिहाई माग गर्दै सडक अवरुद्ध गर्न प्रदर्शन गरिरहेका हुन्।

चैत्र १५ को प्रदर्शनपछि राप्रपा नेता द्वय रविन्द्र मिश्र र डाक्टर धवल शमशेर राणालाई पक्राउ गरेको थियो। उनीहरू लगायत अन्य नेता कार्यकर्ताको रिहाई माग गर्दै आज कोहलपुर चौराहामा राजावादीहरुले प्रदर्शन गरिरहेका हुन्।

कोहलपुरमा भएको प्रदर्शनका क्रममा केहीलाई प्रहरीले पक्राउ गरेको राप्रपा सहायक महामन्त्री ऋषिराज देवकोटाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

Exit mobile version