बालसुधार गृह सुधारको प्रयास

प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रशासनका प्रमुख र अधिकारकर्मीको टोलीद्वारा मंगलबार जयन्दु बालसुधार गृहको अनुगमन गरेको छ ।

बाल सुधार गृहको पछिल्लो अवस्था÷देखिएका समस्या र सुधारका पक्षहरू, कानूनी बिवादमा परेका बालकहरको मनोभावना लगायतका सवालमा बुझ्न प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको टोली मंगलबार जयेन्दु बालसुधार गृह आसमानपुर बाँके पुगेको थियो ।

जयेन्दु बालसुधार गृहमा गत चैत्र १ गते राती १२ बजे तिर होली खेलेको बिषयलाई लिएर ६ जना बालकहरूलाई गरिएको कुटपिटबाट सुरु भएको घटनाले उग्र रूप लिदा सुधार गृहमा तोडफोड, आगजनी भई तनावको स्थिति सृजना भएको थियो । घटनामा झण्डै ५० बालकहरू घाइते भएका थियो ।

सुधार गृहमा हुने आवाच्छित हिंसात्मक क्रियाकलाप नियन्त्रण गरि सुधारको पहल गर्ने उदेश्यका बालसुधार गृहको भ्रमण गरिएको बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।

बालसुधार गृहमा पछिल्लो अवस्था, सुधार गृह ब्यवस्थापन, चुनौती समस्या र सुधारका सवालमा तथ्य संकलन गरिनुका साथै यस बिषयमा सुधार गृहका इन्चाज बिमला काउचा मगर कानूनी बिवादमा परेका बालकहरूसंग अनुगमन टोलीले सामुहिक रूपमा अन्तरक्रिया गरेको प्रजिअ जोशीले जानकारी दिए ।

यस क्रममा कानूनी बिवादमा परेका बालकहरूले भ्रमणका क्रममा सुधार गृहको स्थिति सामान्य बन्दै गएको, बालकहरू हाल एकआपसमा मिलेर बसेको बताएका थिए । अधिकारकर्मी, प्रहरी प्रशासनका अधिकारीहरूसंगको छलफलका क्रममा कानूनी बिवादमा परेका बालकहरूले सुधार गृहमा यत्तिकै बस्दा मानसिक तनाव हुने गरेको, योगध्यानको आवश्यकता रहेको, पुस्तकालयमा पुस्तक नभएकाले प्रर्याप्त जिवन उपयोगी पाठ्यपुस्तकको आवश्यकता रहेको, शिक्षका लागी औपचारिक बिद्यालयको स्थापना जरुरी रहेको, बालकहरूमा छालाको समस्या हुने गरेको, भान्सामा झिंगा भन्किने समस्या रहेको, पर्याप्त खेलकुद सामाग्री नभएको लगायतका सवालमा आफ्ना भनाइ राखेका थिए ।

यसक्रममा बालकहरूले मनोसामाजिक परामर्श योगा कक्षा संचालन र स्वास्थ्य शिविरका लागी बिशेष अनुरोध भ्रमणमा संलग्न एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश संयोजक गौतमले एडभोकेसी फोरमले कानूनी सहायता, स्वास्थ्य शिविर, पारिवारिक पुनमिलन, शैक्षिक सहयोग लगायतका सवालमा सहयोग रहेको भन्दै बालसुधार गृह सुधार गृह जस्तो हुनु पर्नेमा जोड दिएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालसुधार गृहलाई होस्टेल जस्तो मोडेलमा संचालन गर्न सबै लाग्नु पर्ने बताउदै शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श लगायतका आधारभुत कुराको प्रत्याभुतिका लागी आफु लागि पर्ने बताए । अनुगमन भ्रमणका प्रमुख जिल्ला अधिकारी जोशीले २ थान क्यारेमबोड, चेस लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले बालकहरू सुधार गृह भित्र कानून उल्लघंन गरि तोडफोड र आगजनीका घटनामा संलग्न हुन नहुने भन्दै सुधार गृह भित्र आचरण सुधार सहित मिलेर बस्न बालकहरूलाई निर्देशन दिएका थिए ।

जयेन्दु बालसुधार गृहमा हाल२२५ जना बालकहरू रहेका छन् । जसमा सबैभन्दा बढी जवरजस्ती करणी अभियोगका बालक छन् । यो बालसुधार गृह १४ बर्ष मुनिका बालकहरू रहेका छैनन् । १४ देखि १६ बर्षसम्म २८ जना १६ बर्ष देखि १८ बर्षसम्मका १३४ जना १८ बर्ष माथीका ६३ जना बालकहरू रहेको बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले जानकारी दिए ।

यस अघि जयेन्दु बालसुधार गृह भित्रै लागु औषध भित्राउने, आपसमा झगडा गर्ने प्रहरीलाई कुटपिट गर्ने, बालकहरू बसेका भवन र कोठा भित्र सुरक्षाकर्मी र सुधार गृहका कर्मचारीलाई प्रवेश गर्न नदिने समस्या रहेकोमा हाल त्यस्तो अवस्था नभएको, जानकारी गराइएको थियो ।

Exit mobile version