इत्तेहादको महाधिवेशन : ‘घरघरमा निमन्त्रणा पुर्याउँछौं’

आगामी बैशाख २0 र २1 गते नेपालगन्जमा हुने नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशनको तयारी तिव्र रूपमा अगाडि बढाएको संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मो. हारुन हलवाईले जानकारी दिएका छन् । त्यसका लागि सचिवालय सञ्चालनमा ल्याइएको, जनसम्पर्क कार्यालय मंगलबारबाट सञ्चालनमा ल्याइएको वरिष्ठ उपाध्यक्ष हलवाईले जानकारी दिएका हुन् ।

मंगलबार पत्रकारहरूसँगको कुराकानीमा संगठनका वरिष्ठ उपाध्यक्ष हलवाईले देशभरबाट ५ सय ४० जना प्रतिनिधि सहभागी हुने महाधिवेशन सफल पार्नका लागि बाँकेमा रहेका संघसंगठनसँग पनि समन्वयात्मक बैठक गरिरहेको जानकारी दिंदै पत्रकारहरूलाई प्रचारप्रसारमा सघाउन आग्रह गरेका थिए । ‘बाँकेबाट सकारात्मक सन्देश जान गरी महाधिवेशनको तयारी भैरहेको छ’, उनले भने, ‘महाधिवेशनका लागि घरघरमा निमन्त्रणा पठाउनेदेखि विभिन्न गतिविधिहरु महाधिवेशन अगावै आयोजना हुनेछन् ।’

पत्रकारसँगको कुराकानीमा आयोजक समितिका संयोजक अब्दुल करिम खाँले महाधिवेशनका लागि मूल समितिसँगै उपसमितिहरु गठन भएर तयारीमा जुटेको बताएका थिए ।

Exit mobile version