अख्तियारद्वारा पत्रकार थापामाथि दुव्र्यवहार

पत्रकार शेर बहादुर थापामाथि समाचार संकलनका क्रममा दुव्र्यवहार भएको छ । अख्तियारले गरेको कारवाहीमा समाचार संकलनका क्रममा पुगेका थापामाथि अख्तियारमा कार्यरत प्रहरी अधिकारीले दुव्र्यवहार गरेका हुन् ।

पत्रकार थापामाथि भएको दुव्र्यवहार घटनाको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, प्रेस चौतारी नेपाल कर्णाली प्रदेश, नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, प्रेस चौतारी नेपाल सुर्खेत शाखाले विज्ञप्ति प्रकाशित गरि विरोध जनाएका छन् ।

लोकान्तर डट्कमका कर्णाली प्रदेश संवाददाता शेरबहादुर थापामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतका कार्यालयमा कार्यरत डीएसपी दीपक मल्लले बुधबार समाचार संकलनका क्रममा दुव्र्यवहार गरेका थिए ।

आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेर कागजात नियन्त्रणमा लिँदा समाचार संकलनका लागि पुगेका पत्रकार थापामाथि डीएसपी मल्लले त्रास देखाउने, समाचार स्रोतको नाम बताउन धम्की दिने र मोबाइलबाट घटनासँग सम्बन्धित भिडियो तथा फोटो डिलिट गर्ने कार्य भएको नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले जनाएको छ ।

‘अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको घटनाको समाचार सम्प्रेषणले कुनै उजुरीमाथिको अनुसन्धान प्रभावित हुने पनि होइन । अख्तियार आफैंले यस्ता विषयबारे तत्कालै प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने अवगत नै छ । तसर्थ, यो विषय अख्तियारको उजुरीसँगको गोपनीयताभित्र पर्दैन’, महासंघका सहसचिव नवीन सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरीका जिम्मेवार अधिकारीले कानूनले दिएको परिधिभित्र रही स्वतन्त्रतापूर्वक रिपोर्टिङ गरिरहेका पत्रकारमाथि गरेको हर्कतको महासंघ सुर्खेत शाखा घोर निन्दा गर्दछ ।’

अख्तियारको टोलीबाट भएको यस प्रकारको प्रेस स्वतन्त्रता विरोधी गतिविधिबारे सचेत गराउँदै घटनामा संलग्न प्रहरी अधिकारीमाथि कारबाहीको गर्न महासंघले माग गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले बुधबार बिहान सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको हो ।

अख्तियार स्रोतका अनुसार कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौँ रूपैयाँ राजस्व हिनामिना गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारले नगदी रसिदसहित अन्य कागजात नियन्त्रणमा लिएको छ ।

Exit mobile version