सुवेदीले ल्याए, थारु म्यूजिक भिडियो

युवा निर्देशक नवराज सुवेदीले नयाँ म्यूजिक भिडियो ल्याएका छन् । कलासंगीतका शिक्षक समेत रहेका सुवेदीको थारु भाषाको म्यूजिक भिडियो ‘दिल कहे बार बार’ विहीवार नेपालगन्जमा औपचारिक कार्यक्रमबीच शैक्षिक उद्यमी इश्वर पोखरेलले ‘लन्च’ गरे ।

आफ्नो ८८ औं म्यूजिक भिडियोका रुपमा रहेको ‘दिल कहे बार बार’ थारु भाषाको १६ औं म्यूजिक भिडियो रहेको जानकारी दिंदै कोरियोग्राफरसमेत रहेका नृत्य निर्देशक सुवेदीले थारु समुदायको मौलिकतामा निकै विशेषता रहेको बताए ।

गायक कलाकार, अनु चौधरी र शिव जीएमको स्वरमा निर्देशक सुवेदीले उमेश मुस्कानको शब्द संगीतलाई गणेश चौधरी र कुमार रानाको प्राविधिक सहयोग, रामु चौधरीको कोरियोग्राफी अनि सम्पादनमा गज्जबको कथा पस्किएका छन् । जुन कथामा मुस्कान चौधरी र सत्यनारायण थारुसहितको कलाकार समूहले जीवन्त कला प्रस्तुतिकरण देखाएका छन् । पूर्वी बिक, अधृत र रुद्र दिक्षितले बालकलाकारका रुपमा आफ्नो उपस्थितिलाई राम्रो अभिनय दिएका छन् ।

सेविल इन्टरटेन्टमेन्टको प्रस्तुतिका रुपमा रहेको थारु भाषाको म्यूजिक भिडियो ‘दिल कहे बार बार’ लन्चिङ कार्यक्रममा सम्यक मिडिया हबका अध्यक्ष झलक गैरे, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, पत्रकार ओबीराज आचार्यले निर्देशक सुवेदीको प्रयास र निरन्तरताको खुलेर प्रसंशा गरेका थिए ।

Exit mobile version