फुङ्लिङ (ताप्लेजुङ), ८ वैशाखः ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चँुडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ ।
ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चारको मृत्यु, दुई जना घाइते
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम
by
Dainik Nepalgunj
August 16, 2025
शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय
by
Dainik Nepalgunj
August 16, 2025
‘गुल्जार–ए–अदब’को मासिक मुशायरा
by
Dainik Nepalgunj
August 16, 2025
संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास
by
Dainik Nepalgunj
August 16, 2025
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
by
Dainik Nepalgunj
August 16, 2025