नेपालगन्ज उपमहानगरले छाडा र भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गर्ने र रेबिजको खोप लगाउने काम सुरु गरेको जनाएको छ ।
नगर क्षेत्रभित्र छाडा र भुस्याहा कुुकुरको संख्या वृद्धि हुँदै गएपछि त्यसविरुद्ध खोप सुरु गरिएको हो ।
नेपालगन्ज उमपहानगरपालिकाका अनुसार, आर्थिक विकास समिति र पशु सेवा शाखाको आयोजनामा उपमहानगरका २८१ वटा कुकुरको स्थायी बन्ध्याकरणसंगै रेबिजविरुद्धको खोप लगाइएको थियो ।
पशु सेवा शाखाका पशु चिकित्सक आशिष थाले नेपालगन्जमा पाँच दिनसम्म सञ्चालन गरिएको कुकुरको स्थायी बन्ध्याकरण शिविरमा छाडा र भुस्याहा कुकुरलाई खोजेर २८१ वटा कुकुरको स्थायी बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको जानकारी दिए ।