‘इत्तेहादको महाधिवेशन बाँकेका लागि अवसर’

आगामी बैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७औं अधिवेशन आयोजना बाँकेका लागि अवसर भएको बताइएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार नेपालगन्जमा महाधिवेशन तयारीका क्रममा आयोजना गरेको मुस्लिम भेलाका वक्ताहरूले नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनले बाँकेबाट गणतन्त्र र सद्भावका पक्षमा विशेष सन्देश प्रवाह गर्ने अवसर भएको बताएका थिए ।

महाधिवेशन आयोजक समितिका संयोजक अब्दुल करिम खानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय पशुपति दयाल मिश्रले महाधिवेशनलाई सफल बनाउनका लागि पार्टी समेत सक्रिय भएको बताएका थिए ।

इत्तेहादका उपमहासचिव जबुल मियाँले स्वागत गरेको कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद संगठनका इन्चार्ज मोे. हारुनले महाधिवेशनलाई भव्य बनाउनका लागि सबै राजनीतिक दलका मुस्लिम अगुवा, विभिन्न संघ, संगठनसँग छलफल गर्दै सघाउनका लागि आव्हान गरेको बताए । कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्ग, लेखा आयोग सदस्य विजया धिताल, एमाले बाँकेका उपसचिव किशोर थापा, निवर्तमान उपाध्यक्ष डिल्ली बिसी, नगर अध्यक्ष मोहिद शाह, महाधिवेशन आयोजक जनपरिचालन संयोजक हलिम शाह लगायतले बोलेका थिए ।

Exit mobile version