बाँकेमा फेरियो प्रहरी कमाण्ड

बाँकेको नेपाल प्रहरी कमाण्ड फेरिएको छ । नेपाल प्रहरीले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेपछि त्यसक्रममा बाँकेको कमाण्ड पनि फेरिएको हो ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवा व्यवस्थापन अनुसार, बाँकेमा एसपी राम प्रसाद घर्ती मगरले कमाण्ड सम्हाल्ने भएका छन् । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत (हाल बाँके) बाट जिल्ला कमाण्डमा आउने भएका हुन् ।

प्रहरी हाल जिम्मेवारीमा रहेका बाँकेका एसपी तुलबहादुर कार्कीको प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको छ ।

त्यसैगरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलमा एसपी मित्रबन्धु शर्माको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ एसपीहरूको सरुवा गरिएको जानकारी सार्वजनिक गरेको हो ।

Exit mobile version