सामाजिक सुरक्षा कोष : बाँकेका तीन हजार बढी योगदानकर्ता

बाँकेका सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले लाभ पाउन सुरु गरेको सामाजिक सुरक्षा कोष नेपालगन्ज कार्यालयका प्रमुख चिरञ्जीवी न्यौपानेले जानकारी दिएका छन् । ‘बाँकेमा कोषबाट लाभ लिने र लाभदाबीका लागि फाइलहरू आइरहेको छ’, उनले भने ।

बाँकेमा हालसम्म २१९ रोजगारदाता कोषमा आबद्ध भएका छन् । ‘थप रोजगारदाता आबद्धताका लागि पहल भैरहेको छ’, न्यौपानेले भने ।

बाँकेमा हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताको संख्या त्यसैगरी योगदानकर्ता ३ हजार ४ सय ३१ रहेको कार्यालय न्यौपाने बताउँछन् ।

‘सामाजिक सुरक्षा कोष रोजगार दाता र श्रमिक दुवैका लागि निकै लाभदायक छ’, सामाजिक सुरक्षा कोष नेपालगन्जका प्रमुख न्यौपाने भन्छन्, ‘राज्यले गरेको व्यवस्थाको महत्व नबुझ्दा अझै पनि अपेक्षित सहभागित हुन सकेको छैन ।’ उनले आफुहरूले कोषमा सहभागिताका लागि पटकपटक उद्योग, प्रतिष्ठानहरूसँग छलफल समेत गर्ने गरेको बताउँछन् ।

‘सामाजिक सुरक्षा कोषमा नलगेको भन्दै उजुरी समेत आउने गरेको छ’, कार्यालय प्रमुख न्यौपाने भन्छन्, ‘कोषको महत्व बुझाएर समेट्ने प्रयास गरिरहेको छौं ।’ ‘पछिल्लो समय कोषमा आबद्धताका लागि बाँकेमा राम्रै छ, अन्य पश्चिमका अन्य जिल्लाको तुलनामा’, उनले भने, ‘औद्योगिक, व्यवसायिक प्रतिष्ठान बाँकेमा बढी भएकाले पनि त्यसो हुन सक्छ ।’

अस्पताल, होटल, विद्यालय तथा स्थानीय तहका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा जोड्न पहल भैरहेको बताउँदै कोषका नेपालगन्ज प्रमुख न्यौपाने भन्छन्, ‘त्यसका लागि स्थानीय तह, उद्योगी, व्यवसायीसँग छलफल गरिरहेका छौं ।’

‘असंगठित क्षेत्रलाई पनि कोषमा आबद्ध गराउने व्यवस्था छ, त्यसका लागि स्थानीय तहले योगदान रकम हालिदिनुपर्छ भन्ने छ’, सामाजिक सुरक्षा कोष नेपालगन्जका प्रमुख न्यौपानेले भने, ‘असंगठित क्षेत्रका श्रमिकको योगदान रकम २०.३७ निर्धारण भएकोमा ११ प्रतिशत श्रमिक र ९.३७ प्रतिशत स्थानीय सरकारले जम्मा गरिदिनुपर्छ भन्ने हो ।’ यद्यपि श्रमिक आफैले रकम जम्मा गरेपनि कोषमा आबद्ध हुनसक्ने उनी बताउँछन् ।
सामाजिक सुरक्षा कोषका अनुसार, हालसम्म कोषमा देशभरका २० हजार ४ सय ५७ रोजगार दाता सूचिकृत भएका छन् । त्यस्तै, सूचिकृत योगदान कर्ताको संख्या २२ लाख ३ हजार ६ सय ४४ रहेको छ ।
कोषमा हालसम्म ७९ अर्ब ३३ करोड १६ लाख ९४ हजार ५ सय ८४ रूपैयाँ योगदान भएको छ ।
कोषमा आबद्धबाट हालसम्म १४ अर्ब ३४ करोड, १७ लाख ८४ हजार ४ सय ७१ दाबी भुक्तानी रकम रहेको छ । दाबीभुक्तानी मध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी १ अर्ब ९२ करोड ४४ लाख ४९ हजार ७ सय ५९, दुर्घटना तथा अशक्तता दाबी १८ करोड ८९ लाख ४२ हजार १ सय ९६, आश्रित परिवार सुरक्षा दाबी रकम २२ करोड ९९ लाख ९१ हजार ५० रूपैयाँ र अवकास दाबी ११ अर्ब ९९ करोड ८४ लाख रहेको छ ।

Exit mobile version