इत्तेहाद नगरमा इसराइल

नेपाल मुस्लिम इत्तेहाद संगठनको नेपालगन्ज उपमहानगरपालिका कमिटिको नगर अधिवेशनबाट मोहम्मद इसराईलको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी चयन भएको छ । शनिबार भएको नगर अधिवेशनबाट उपाध्यक्षमा मोहम्मद फारूक खा, सचिवमा मोहम्मद शाहिद सल्मानी (समीर), उपसचिवमा शमा अन्सारी र मोहम्मद मुबश्शिर कैय्युम, कोषाध्यक्षमा मेराज अन्सारी चयन भएका हुन् ।

त्यस्तै, सदस्यहरूमा अली रजा बेहना, हाजी निजामुद्दीन सल्मानी, मोहम्मद आरिफ राई, महफूज राई, अन्जुमन बानो अन्सारी, मोहम्मद अमीन हल्वाई चयन भएका छन् । त्यस्तै १ जना सदस्य कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।

त्यसैबीच नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औ केन्द्रीय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरूलाई इत्तेहाद बाँकेले सम्मान गरेको छ ।

यस्तै इत्तेहादको ७औ केन्द्रीय महाधिवेशन सफल बनाउन अहम भूमिका खेलेकाहरूको सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको महाधिवेशनका प्रवक्ता मो. सकिल कादरीले जानकारी दिएका छन् ।

Exit mobile version