अन्तरपालिका बैठक : विकासमा चासो

बाँकेका दुई पालिकाले स्थानीय सवालमा छलफल गर्दै विभिन्न विभिन्न निर्णय गरेका छन् । बाँकेमा सम्भवत पहिलो पटक दुई पालिकाले विकास निर्माणको सवालमा छलफल गर्दै अन्तरपालिका समस्या समाधानका लागि छलफल गरेका हुन् ।

बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाको सोमबार भएको संयुक्त अन्तरपालिका बैठकले सिमाना जोडिएका दुई गाउँपालिकाका विभिन्न विषयमा छलफल गरि निर्णय गरेको पालिकाका प्रेस सल्लाहकार रविन्द्र घिमिरेले जानकारी दिएका छन् ।

बैठकले अन्तरपालिका सिमा जोड्ने पूर्वाधार निर्माण, संयुक्त गेट निर्माण गर्ने सम्वन्धमा, किरन खोलामा लिप्mट सिँचाई सम्बन्धमा, किरन खोलामा तटबन्धन निर्माण गर्ने सम्बन्धमा छलफल गर्दै उक्त कार्यका लागि संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् ।

त्यस्तै, हाइटेन्सन लाइनको सहजीकरण गर्ने, फोहरमैला ब्यवस्थापन गर्ने, वातावरणीय सन्तुलनको लागी सडक किनारमा वृक्षारोपण गर्ने, कृषि अनुसन्धान केन्द्रलाई व्यवस्थित गर्ने, अन्तरपालिकाको साझेदारीमा दमकल खरीद गर्ने र छाडा पशु चौपाया नियन्त्रण र व्यवस्थापन गर्ने लगायतका १० बुंदे निर्णय अन्तरपालिका बैठकले गरेको हो । अन्तरपालिका बैठक जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर वहादुर विक, जानकी र खजुराका उपाध्यक्ष रामप्यारी यादव र मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विक तथा वस वहादुर रानाको उपस्थिति रहेको थियो । बैठकमा दुबै पालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्राविधिकतर्फ ईन्जिनियर तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Exit mobile version