नेपालजस्तो विविध भौगोलिक स्वरूप भएको देशमा ऋतुहरूको चक्रले जनजीवनमा ठुलो प्रभाव पारेको छ । अहिले गर्मीयाम सुरु भइसकेको छ र यो वर्ष खासगरी सामान्यभन्दा बढी तापक्रम हुने देखिएको छ हिउदे बर्षा कम भएको कारणले । मानिसहरूमा लु लाग्ला गर्मी बढ्यो भन्ने चिन्ताले सताएको छ । प्रत्येक दिनको गर्मी असह्य बन्दै गएको छ जसले घरबाहिर निस्कन गाह्रो भएको छ ।
विद्यार्थी, बालबालिका र खेतीपाती गर्ने किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि सुरु हुने घामको ताप र दिउँसोको चर्को तातो हावा जसलाई हामी लु भन्छौं स्वास्थ्यका लागि खतरनाक साबित भैरहेको छ । गर्मीयाम अब केवल असहज मौसम मात्र नभएर स्वास्थ्य संकटको रूपमा देखिन थालेको छ । मानिसहरू दिनभरिको काम सक्नु त परै जाओस्, केहीबेर बाहिर बस्दा पनि टाउको दुख्ने पसिना बग्ने थकान लाग्ने गर्छ ।
गर्मी बढ्नुका कारण प्राकृतिक र मानवनिर्मित दुबै हुन् । जलवायु परिवर्तन वन विनाश अत्यधिक शहरीकरण वातावरणीय प्रदूषण तथा ग्रीनहाउस ग्यासहरूको अत्यधिक उत्सर्जनले पृथ्वीको तापक्रमलाई लगातार बढाइरहेका छन् । पहिले पहिले जुन चिसो ठाउँहरूमा सानोतिनो पंखा पनि आवश्यकता थिएन अहिले ती ठाउँमा एसीको माग बढ्दो छ । तापक्रम बढ्नुको प्रमुख कारण मानवनिर्मित गतिविधिहरू नै हुन् जसमा पेट्रोलियम पदार्थ जलाउने प्लास्टिक प्रयोग गर्ने र जलाउने, अव्यवस्थित फोहोर व्यवस्थापन गर्ने अनि वातावरणमैत्री प्रविधिको प्रयोग नगर्ने प्रवृत्तिहरू प्रमुख हुन । यस्तो लापरवाहीका कारण पृथ्वीको प्राकृतिक चक्र नै असन्तुलित भएको छ । वर्षा ढिलो हुँदैछ, हिउँदे बर्षा तथा शीतलता हराउँदैछ । हामीले बनाएका सहर सडक र भवनहरूले ठुला ठुला वर र पिपलका हरिया रुखहरू काटिएका छन् ।
गर्मीले ल्याउने प्रभाव केवल शारीरिक असहजता मात्र होइन सामाजिक र आर्थिक असर पनि उत्तिकै गहिरो छ । किसानको खेतमा सिँचाइको आवश्यकता बढेको छ तर पानीको स्रोत सुक्दै गएका छ्न । खोलानाला, कुवा, इनार, धारा सुक्दै
छन । जसले खानेपानीको संकट निम्त्याएको छ । बालबालिका विद्यालय जाँदा लु लाग्ने डरले आमाबुवाहरू सधै चिन्तित अहन्छ्न । अस्पतालहरूमा घामले ग्रसित भएका बिरामीहरूको चाप बढ्दो छ । गर्मीका कारण छालासम्बन्धी रोग, डिहाइड्रेसन, टाउको दुख्ने, झाडापखाला , चक्कर लाग्ने जस्तो समस्या बढेका छ्न । गर्मीयाममा गरिब तथा श्रमिक वर्ग सबैभन्दा बढी पीडित हुन्छन् जसको घरमा न पंखा हुन्छ, न चिसो पानीको व्यवस्था । निम्न वर्ग बिहानदेखि साँझसम्म काम गर्न बाध्य हुन्छन लु को सीधा असर उनीहरूकै ज्यानमा पर्ने गरेको छ । त्यसैले यो समस्या केवल वातावरणको होइन सामाजिक न्यायको समेत विषय बन्न थालेको छ ।
यी समस्याहरू समाधान गर्न व्यक्तिगत, सामाजिक र सरकारी तीनै तहमा सजगता र प्रयास आवश्यक
छ । व्यक्तिगत रूपमा पानी प्रशस्त पिउनु, हलुका कपडा लगाउनु, दिनको चर्को घाममा बाहिर ननिस्कनु र शीतल स्थानमा बस्नु अत्यावश्यक हुन्छ । सामूहिक रूपमा वृक्षारोपण गर्नु हरियाली बढाउनु, छायाँयुक्त स्थानहरू निर्माण गर्नु सडक किनारमा पानीका धारा राख्नु आवश्यक छ । सरकारी स्तरमा तत्काल राहत र दीर्घकालीन योजना दुवै आवश्यक छन् जस्तै सहरमा सार्वजनिक शीतल स्थलहरू निर्माण गर्नु, ग्रामीण क्षेत्रमा खानेपानीको स्थायी समाधान गर्नु, विद्यालय तथा अस्पतालमा पंखा र शुद्ध पानीको व्यवस्था गर्नु । साथै, वातावरण संरक्षणसम्बन्धी नीति निर्माण र कार्यान्वयनमा सरकारको जिम्मेवारी अझ दृढ हुनुपर्छ । वातावरणमैत्री प्रविधिको प्रवद्र्धन र नवीकरणीय ऊर्जाको प्रयोगमा ध्यान दिइनु जरुरी छ ।
लु लाग्ला गर्मी बढ्यो भन्ने चेतावनी अब केवल सामान्य अभिव्यक्ति मात्र रहेन यो एक गम्भीर संकेत हो हामीले प्रकृतिसँग खेलबाड गर्दा आज दिन प्रतिदिन दुख पाउदै गएका छौ । आजको गर्मी केवल एक ऋतुको तापक्रम मात्र होइन, यो हाम्रो भविष्यप्रतिको चेतावनी हो ।
समयमै सचेत नभए हामीले निम्त्याएको प्राकृतिक असन्तुलनले मानव अस्तित्व नै संकटमा पार्न
सक्छ । त्यसैले अब गर्मीबाट डराउने होइन यसको सामना गर्नको लागि योजना बनाउने बेला आएको
छ । हरियाली विस्तार, वातावरणीय शिक्षाको अभिवृद्धि, नीतिगत सुधार र समष्टिगत प्रयासबाट मात्र हामी यो बढ्दो तापक्रमको प्रकोपलाई कम गर्न
सक्छौं । अब पनि हामी सचेत नहुने हो भने एक दिन हामिले ठूलो प्राकृतिक प्रकोपको सामाना गर्नु पर्नेछ भोलीको सन्ततिका लागि भए पनि प्राकृति बचाउन सबै जुटौ नतर ठुलो चिन्ता बनेको छ लु लाग्ला गर्मी बढ्यो अझै दुख पाउन सक्छौ अझै दुख बढ्न
सक्छ । जय प्रकृति