प्रशासनमा योग शिविर

जिल्ला प्रशासन कार्यालय बाँकेले योग समिति नेपालसंगको सहकार्यमा योग, ध्यान प्राणायाम शिविर सुरु गरेको छ । सरकारी कर्मचारीले योग ध्यान प्राणायाम गरि कार्य सुरुवात गर्ने भन्ने नेपाल सरकारको नीति लिएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बाँकेले यसको सुरुवात गरेको हो । पहिलो चरणमा पाँच दिने संचालन गरे पछि कर्मचारीमा उत्प्रेणणा दिई नियमित संचालन गर्ने सोचमा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए । योग शिविरमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारीद्धय उमाकान्त अधिकारी र खडानन्द खत्रीका साथै अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।

योग कक्षाको संचालन योग समिति नेपालका अध्यक्ष योग गुरु गिरिराज भट्टराईका साथमा योग समिति नेपालका सचिव चिरन्जिवी ज्ञवाली, सहसचिव टंक पौडेल, कार्य समितिका सदस्यहरू, बसन्त गौतम, प्रेम केसी, सबिता शर्मा, योग प्रशिक्षक अनिता श्रेष्ठ लगायत हुनुहुन्थ्यो । योग शिविरमा योग गुरु गिरिराज भट्टराईले योगले शारिरीक र मानसिक रूपमा स्वच्छ रहन मद्धत गर्ने भएकाले यो कर्मचारीका लागी निकै उपयोगी हुने बताएका थिए ।

्प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले योग ध्यान र प्राणायामले मर्चलाई फुर्तितो र स्वच्छ बनाई सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने बताए ।

सरकारी कर्मचारीले योग ध्यान प्राणायाम गरि कार्य सुरुवात गर्ने भन्ने नेपाल सरकारको नीति अनुसार सरकारी कामलाई प्रभावकारी र गुणस्तरिय बनाउन जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा ५ दिने योग ध्यान प्राणायाम शिविर संचालन गरेको र यसलाई नियमित बनाउने सोचमा रहेको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको भनाई छ ।

आफु पनि शारिरीक तथा मानसिक रूपमा स्वच्छ हुने र सरकारी सेवाप्रभाहलाई प्रभावकारी बनाउन मद्धत पुराउने यो असल र अनुकरणीय कार्य भएको योग गुरु समेत रहेका अधिवक्ता बसन्त गौतमले जनाए ।

Exit mobile version