पतञ्जली योग समिति खजुरा गाउँपालिका स्तरीय अधिवेशनले जीवनाथ सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ मूल नाराका साथ शनिबार भएको तेस्रो गाउँपालिका अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पतञ्जलीका प्रदेश सहप्रभारी धर्मराज पोखरेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिमा मधु निरौला उपाध्यक्ष, राजेन्द्र सापकोटा सचिव, सहसचिव माधव सिंह ठकुरी, कोषाध्यक्ष विनोद कुमार श्रीवास्तव र सहकोषाध्यक्ष मन्दिर कार्की रहेको नवनिर्वाचित मिडिया प्रभारी विकास हरी कोइरालाले जानकारी दिए ।
त्यस्तै, महिला पतञ्जली योग समिति खजुराको अध्यक्षमा कल्पना सापकोटा जिज्ञासु अध्यक्ष, कुसुम शाह उपाध्यक्ष, रत्ना कार्की सचिव, विमला थापा सहसचिव, कमला घिमिरे कोषाध्यक्ष लगायत छन् ।