बर्दियाको ठाकुरबाबामा हावाहुरीले रुख ढल्दा घरमा क्षति

बर्दियाको ठाकुरबाबासहित आसपास क्षेत्रमा सनिवार दिउँसो हावाहुरीले क्षति पुर्याएकाे छ । हावाहुरिले घरमा रुख ढलेपछि ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुर गाउँका दुई जना बालक घाईते भएका छन् ।

नेउलापुर गाउँका रामकुमार थारुको घरमाथि घर नजिकै रहेको सालकाे रुख ढल्दा पुर्ण रुपमा घर क्षति भएको छ भने उहाँका छोराहरु ५ वर्षका आदित्य थारु र १० वर्षका अमित थारु घाइते भएका छन् ।

हावाहुरी चलिरहेका बेला घर नजिकै रहेको सालको रुख ढलेको नेउलापुर गाउँका बडघर पाँचुराम थारुले जानकारी दिनुभयो ।

१० वर्षिय अमित थारुको ठाकुरबाबा नगर अस्पतालमा उपचार भईरहेको छ भने ५ वर्षिय आदित्यलाई थप उपचारका लागि नेपालगंज लगिएको स्थानीय समाजसेवी अर्जुन शर्माले जानकारी दिनुभयो । टाउकोमा गम्भीर चाेट लागेका घाइते आदित्यलाई टाउकोमा चोट लागेकाले नेपालगन्ज लगिएको हाे ।

यस्तै तीव्र गतिमा चलिरहेको हावाहुरीले ठाकुरबाबा नगरपालिका २ बलाती चोक नजिक पुर्वपश्चिम राजमार्गमा २ वटा चल्दै गरेका अटो रिक्सा उडाएर नालामा खस्दा अटोमा क्षती भएको छ । एक जना घाइते भएका प्रहरीले जनाएको छ ।

हावाहुरीले भुरीगाउँबाट जाँदै गरेको श्याम बहादुर थापाले चलाएको भे १ ह ९८७२ नम्बरको अटाे र ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ कंचनपुरकी सुनिता चौधरीले चलाएको भे १ ह ६७५७ नम्बरको अटो नालामा खस्दा अटोमा क्षती पुगेको छ ।

मानविय क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ । थापाले चलाएको अटोमा सवार ठाकुरबाबा नगरपलिका ८ सुखाडकी ४० वर्षिय हरिसरा राना घाईते हुनुभएको छ ।

यस्तै विभिन्न ठाउँमा घर गोठका छाना उडाएको छ भने घर र भौतिक सामानमा पनि क्षती पुगेको छ । वडा नम्बर २ वडा कार्यालय नजिकै गीता रानाको २ कोठे घरको छानो उडाएकाे र घरको भित्तामा समेत क्षती पुगेको छ ।

यसैगरि वडा नम्बर २ नजिक इलाका प्रहरी कार्यालय भुरीगाउँ गेट अगाडि विद्युतकाे ट्रान्सफरमर सहितको दुई वटै पोल भाँचिदा विद्युत सेवा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

हावाहुरीसहितको वर्षाले ठाकुरबाबा नगरपालिका क्षेत्रमका धेरै ठाउँमा क्षती भएको र विवरण संकलन भईरहेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

Exit mobile version