अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

सिराहा, लहान नगरपालिका-१ स्थित सुप्रिम होटलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९ एम्पुल, फेनारगन १० एम्पुल, बुप्रेनोर्फिन १० एम्पुल, सिरिन्ज ३ थान र मोबाइल १ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक लहान नगरपालिका-१ बस्ने २९ वर्षीय भरत थापा र धनगढीमाई नगरपालिका-१ बस्ने २५ वर्षीय सुमन विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ शिमानगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित बाँसगढी नगरपालिका-४ बस्ने २४ वर्षीय दिपक थारूलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ९ सय ९० ट्याब्लेट र मोबाइल २ थान सहित भारत बिहार राज्य मोतिहारी थाना ढोका फुलवारीया टोल बस्ने ३० वर्षीय महमद रियाज अंसारीलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश.०६-००१ज ०४०७ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित जानकी गाउँपालिका-५ बस्ने ३६ वर्षीय जिब्रिल बागवानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१२ प ५९३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ विकाशनगर बस्ने ३५ वर्षीय सोनु शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, पर्सा गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित लालबन्दी नगरपालिका-१६ परवानीपुर बस्ने १९ वर्षीय दिपेश वाईबा समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पर्सा र अस्थायी प्रहरी पोष्ट नोकेल्वा पिपराबाट खटिएको प्रहरीले लालबन्दीबाट पर्सातर्फ आउँदै गरेको प्रदेश.२-०२-००३ प ५३९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडा बस्ने ६८ वर्षीय राम बहादुर बुलनलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-१ सिसौलीबाट अवैध लागूऔषध गाँजा ३८ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५८ वर्षीय अशोक माझी र १९ वर्षीय अभिषेक कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले अशोकको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-५ तीनपैनी बस्ने २३ वर्षीय सचिन घिमिरे समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम, नगद ३९ हजार रूपैयाँ र मोबाइल ३ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सचिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने २१ वर्षीय सरोज कार्की र भोजपुर हतुवागडी गाउँपालिका-६ बस्ने २० वर्षीय संतोष संकर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनकुटा, चौबिसे गाउँपालिका-१ ढिस्कोबाट नियन्त्रित लागूऔषध डाइसे ९ सय ट्याब्लेट र ट्रेसडोल ९ सय ट्याब्लेट सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-८ बुधबारे बस्ने २८ वर्षीय मौषम लिम्बुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले प्र.१-०१-०१५ प ३१४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवन, कालिका नगरपालिका-७ बाट अवैध लागूऔषध गाँजा करिब ७ सय ग्राम सहित सोही नगरपालिका-६ जमुनापुर बस्ने ३८ वर्षीय प्रकाश केसीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले ना.५१ प ८६५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-१० खयरडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोहन चौधरी र सोही नगरपालिका-१५ बस्ने ३४ वर्षीय डिपलेस मेचे रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले मे.९ प ३९४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-४ स्थित बजारबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन २८ एम्पुल, बुप्रेनोर्फिन २७ एम्पुल र सिरिन्ज ३ थान सहित सोही ठाउँ बस्ने २८ वर्षीय अनुप सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-१० दैजी बस्ने महेश जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ मेउडीहवा चोक बस्ने ५२ वर्षीय राम केवटलाई अवैध लागूऔषध गाँजा करिब १ सय २ ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेउडीहवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका-२ चालिसे मोडबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ ग्राम १४ मिलिग्राम सहित बैतडी पाटन नगरपालिका-६ बस्ने २० वर्षीय जगदिश बोहरा समेत २ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Exit mobile version