लागुऔषधसहित प्रहरी फन्दामा युवा

drug case prisoner with narcotic and syringe

बाँके र बर्दियाका विभिन्न ठाउँबाट लागुऔषधसहित युवाहरु प्रहरी फन्दामा परेका छन् ।

प्रदेश प्रहरीले दिएको जानकारी अनुसार, शनिवार बिहानै बाँके, कोहलपुर नगरपालिका–२ विकाशनगर बस्ने ३५ वर्षीय सोनु शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, बाँके नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित जानकी गाउँपालिका–५ बस्ने ३६ वर्षीय

जिब्रिल बागवानलाई शुक्रबारनै प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१२ प ५९३५

नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–८ शिमानगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित बाँसगढी नगरपालिका–

४ बस्ने २४ वर्षीय दिपक थारूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Exit mobile version