कारकाँदोमा सडक स्तरोन्नतीको शिलान्यास

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो स्थित दुर्गा भगवति टोलमा सडक स्तरोन्नती गरिने भएको छ । आरसीसी नाला सहित सडक स्तरोन्नतीका लागि २५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष दिपक कुमार बर्माले भने । मंगलबार वडाध्यक्ष बर्माले सडक स्तरोन्नती शिलान्यास गरेका हुन् ।

असार मसान्तभित्रै सडक स्तरोन्नती कार्य पूरा गर्ने गरी उपभोक्ता समिति बनाएर निर्माण कार्य जिम्मा दिइएको वडाध्यक्ष बर्माको भनाइ छ । स्थानीय पण्डित नारायण प्रसाद शास्त्री मन्त्रोच्चारण र पुजापाठ सहित स्थानीयबासी बीच सडक शिलान्यास गरिएको थियो ।

Exit mobile version