राप्तीको पुल चार सय ४० मिटर बढाउन माग

सिराज खान

बाँकेको हुलाकी सडक अन्तर्गत राप्तीनदीको सिधनियाघाटमा निर्माणाधिन पुलको लम्बाई बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् । सिधनियाघाटमा ७०० मिटर लामो नयाँ पुल निर्माण भइरहेकोमा सो पुलको लम्बाई १ हजार १ सय ४० मिटर नगरेसम्म डुबान तथा बाढीको समस्या समाधान नहुने जनाउँदै जिल्लाको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पुलको लम्बाई बढाउन सरकारसंग माग गरेका हुन् ।

बाँकेका तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी, हुलाकी सडक परियोजनाका कर्मचारी, जिल्लाका प्रहरी र प्रशासन प्रमुख लगायत स्थानीयको सहभागितामा भएको सर्वपक्षिय भेलाले सो पुलको लम्बाई बढाउनुपर्ने मागसहितको निर्णय गरेर केन्द्रमा पठाइएको प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बताइन् । उनले राप्ती नदीको बाढी आउने तथा डुबान हुने क्षेत्रको लम्बाई १ हजार १ सय ४० मिटर रहेकोले हाल निर्माण भइरहेको ७०० मिटर लामो पुलबाट समस्या समाधान नहुने देखिएकोले तीन पालिकाका जनताको तर्फबाट लम्बाई बढाउनुपर्ने माग गरिएको बताइन् ।

प्रदेशसभा सदस्य नमुनाको पहलमा आयोजना गरिएको सर्वपक्षिय भेलामा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिशासिंह थारु र डुडुवा गाउँपालिका ५ का वडा अध्यक्ष झंक बहादुर थापालगायतका जनप्रतिनिधि र स्थानीयले पुलको लम्बाई बृद्धि नगरिए समस्या समाधान नहुने प्रष्ट पारेका थिए । उनीहरूले पुलको लम्बाई बृद्धि नगरिए स्थानीयले तटबन्ध लगायत बाँकेले दिएको जानकारी अनुसार, सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको विपद व्यवस्थापन सहितको टोलीले उद्धार गरेको थियो ।

प्रहरीका अनुसार, डुडुवा गाउँपालिकाले लगाएको ठेक्कामा बालुवा लोडको काम सकेर फर्कने क्रममा राप्ती नदीमा एक्कासी आएको बाढीले उनीहरूलाई बगाएर भँगालोमा पु¥याएको थियो । राप्तीको भँगालोमा मानिसहरू फसेको खबर पाए लगत्तै उद्धार सामग्रीसहित बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा टोली घटनास्थल पुगेको हो ।

Exit mobile version