नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान संशोधन गर्दै देशलाई निकास निम्ति बनेको नेपाली कांग्रेस र नेकपा एमाले पार्टि सरकार चलाउनमा मस्त हुदाँ देशमा समस्या पैदा भएको बताएका छन ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता थापाले उक्त कुरा बताएका हुन । नेता थापाले भने,‘बर्तमान व्यवस्था भन्दा अर्को व्यवस्था कुनै राम्रो छैन ,जुन कामका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठनबन्धनको सरकार बनेका हो ,जुन उदेश्यका लागि सरकार निर्माण गरीएको हो त्यो उदेश्य पुरा गर्न नसक्दा देशमा अहिले गणतन्त्र विरोधीहरुले खेल्ने ठाउँ पाएका हुन ।’
महामन्त्री थापाले कांग्रेस मुलुकको सबैभन्दा ठुलो जिम्मेवार राष्ट्रिय शक्ति भएको इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै अहिले देशमा उकुसमुकुसको अवस्था सृजना भएको हुदाँ यसबाट मुलुकलाई बाहिर निकाल्ने गरी अगाडि बढ्ने बताए । महामन्त्री थापाले चुनाव अघिर पछिको दुवै गठन्धन नेपालमा नचलेको बताउँदै अव संविधान संधोधन गर्दा यो विषयलाई हेक्का राख्न जरुरी रहेको उल्लेख गरे ।
कांग्रेस र एमाले सरकार संविधान संशोधनको मुख्य वाचाका साथ बनेको स्मरण गराउँदै पार्टिले त्यो वाचा विर्सिन नहुने बताए । प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँके तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति ९क० र ९ख० क्षेत्र नम्बर २ बाँकेको आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य र मैकुलाल वाल्मीकि, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँकेका सभापति नारायण प्रसाद गौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ताले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन, प्रदेश सभा ९क० का सभापति ज्ञानेन्द्र कुमार चौधरी, ९ख० का सचिव रोशन कुमार श्रेष्ठले साङ्गठनिक प्रतिवेदन र प्रदेश सभा क्षेत्र ९ख० का कोषाध्यक्ष ललित कुमार रौनियारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव सुनिल सिंह हमालले गरेका थिए भने । सम्मेलनको अध्यक्षता क्षेत्रीय सभापति गुप्ताले गरेका थिए ।
यसैबीच वि.स.२०७९ को निर्वाचन अघि नेपाली काँग्रेसकै राजनितिमा सक्रिय थारु नेता द्धय चन्तराम थारु र लक्ष्मण थारु पुनः कांग्रेस फर्किएका छन ।महामन्त्री थापाले दुवै जनलाई पार्टि प्रवेश गराएका थिए । चन्तराम नागरिक उन्मुक्ति पार्टि बाँकेका अध्यक्ष र लक्ष्मण उपाध्यक्ष थिए ।त्यस अवसरमा महामन्त्री थापाले नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले प्रकाशन गरेको २०८२सालतको भित्तेपात्रो पनि विमोचन गरेको थिए ।