नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगर समितिले बुधबारदेखि नेपालगञ्जमा दुई छुट्टा छुट्टै तालिम सञ्चालनमा ल्याएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र महासङ्घको साझेदारीमा उद्यम समवर्धन केन्द्र स्थापना तथा सञ्चालन कार्यक्रमको अभिमुखीकरण तथा नेतृत्व विकास उद्घोषण तालिम सुरु भएको हो /
नेपालगञ्ज नगरप्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको दुवै कार्यक्रमको उद्घाटन सत्रमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका बाँके अध्यक्ष विष्णु खनाल नेपाल घरेलु तथा साना उद्योग केन्द्रीय महिला उद्यमी समितिकि उपाध्यक्ष कृण्णा पाठक, घरेलु महासंघ जिल्ला शाखा बाँके अध्यक्ष समर बहादुर खत्री, बास नेपालका पुर्व अध्यक्ष रमेश शिटाैला, निवर्तमान नगर अध्यक्ष दिला शाह, महासंघ जिल्ला शाखा बाँकेका महासचिव, मेन्टर एण्ड माेटिभेटर, महासंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो