नेपालगन्ज/ आज गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएकोछ । २१ औं विश्व रक्तदाता दिवसको अवसर पारेर “रगत दिऔं, आश जगाऔं : सबै मिलेर जीवन जोगाऔं” संयुक्त राष्ट्र संघको नाराका साथ आज शनिवार गोपाल–नीना फाउण्डेशन परिसर गणेशमान चोकमा आयोजना गरिएको “जनमत रक्तदान अभियानको ६५ औं श्रृङ्खला” हो ।अहिले बाँके जिल्लामा रगतको अभाव भइरहेको अवस्थामा हुन लागेको रक्तदान कार्यक्रमले रगतको अभावलाई केही हदसम्म परिपूर्ति गर्न प्रादेशिक रक्त सञ्चार केन्द्रलाई सघाउ पुग्ने आशा आयोजकले गरेको छ ।“रक्तदान जीवन दान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६४ औं श्रृङ्खला” सम्म करीब ३५०० पिन्ट रगत संकलन गरिएको जनमतका सम्पादक पूर्ण लाल चुकेले जानकारी दिएका छन् ।जनमतले गत असोज महिनादेखि स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा क्रियाशील गोपाल–नीना फाउण्डेशन, नेपाल संग सहकार्य गर्दै रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै आएकोे रक्त अभियन्ता चुकेले जानकारी दिए ।रक्तदान अभियानको शुरुदेखि नै निरन्तर रक्तदान गरेर मानवीय कार्यमा अतुलनीय योगदान गर्दै आएका स्वयम्सेवी रक्तदाताहरुलाई उच्च कदर गर्दै यसअघिको कार्यक्रममा सम्मान गरिएको थियो ।
विश्व रक्तदाता दिवसको अवसरमा आज रक्तदान हुँदै
- Dainik Nepalgunj

- Categories: News
Related Content
भन्सार छली ल्याइएको ३ लाख ८० हजारको सामान बरामद
by
Dainik Nepalgunj
October 1, 2026
उद्यमी दम्पतीले दिए ११ लाख ११ हजार १११ रुपैयाँ
by
Dainik Nepalgunj
October 1, 2026
रारा विजय सहकारीका बचतकर्तालाई १० दिनभित्र जाहेरी दिन प्रहरीको आग्रह
by
Dainik Nepalgunj
October 1, 2026
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
by
Dainik Nepalgunj
October 1, 2026
स्पा व्यवसायमा बढ्दो आकर्षणसँगै नियमनको चुनौती
by
Dainik Nepalgunj
October 1, 2026