अख्तियारमा ४ सय ६८ उजुरी

बाँकेको नेपालगन्जमा चार जिल्ला हेर्ने गरी अख्तियारको सम्पर्क कार्यालय रहेको छ । जसमा चालु आ.व.को हालसम्म ४ सय ६८ उजुरी परिसकेका छन् । अख्तियार दुरूपयोग अनुसन्धानको सम्पर्क कार्यालय नेपालगन्जको साउनमा ७१, भदौमा ४१, असोज महिनामा ३१, कार्तिकमा २८, मंसिरमा ३७, पुसमा ४०, माघमा ३१, फागुनमा ५३, चैत्रमा ४३, बैशाखमा ४७ र ४६ वटा उजुरी परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धानमा देशभर उजुरी २६ हजार १ सय १६ उजुरी परेका छन् ।

अख्तियारले निगरानी बढाएपछि कार्यालय बाहिर घुसका गुनासो अप्रत्यक्ष आउने गरेका छन् । अख्तियारले पनि कार्यकक्ष भन्दा बाहिरबाट घुस लिनेहरूलाई समात्दै आएको छ । पछिल्लो समय कार्यालय परिसरमा अख्तियारको निगरानी हुनसक्ने, सिसिक्यामेरामा कैद हुनसक्ने डरले घुसका लागि कार्यकक्ष र कार्यालय बाहिर घुसको लेनदेन भैरहेको अख्तियारको ‘स्टिङ अपरेशन’बाट पुष्टि हुन्छ ।

अख्तियारले पुराना भ्रष्टाचारका उजुरीमा पनि अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्दै आएको छ ।

Exit mobile version