कल्पवृक्ष जसलाई वैज्ञानिक भाषामा ब्मबलकयलष्ब र अङ्ग्रेजीमा द्यबयदबद तचभभ भनिन्छ । सामान्यत यो अफ्रिकी मूलको विशेष रूख हो जुन आफ्नो असामान्य बनोट दीर्घ आयु र औषधीय गुणका कारण विश्वभर परिचित छ । हिन्दू धर्ममा भने यस वृक्षलाई एक पवित्र दिव्य र इच्छा पूर्ति गर्ने वृक्षको रूपमा लिईन्छ । कल्प शब्दको अर्थ हुन्छ इच्छा वृक्ष को अर्थ रूख यसरी कल्पवृक्ष भन्नाले इच्छा पूर्ति गर्ने वृक्ष जनाउँछ ।
पौराणिक ग्रन्थहरूमा उल्लेख अनुसार समुद्र मन्थनका बेला प्राप्त १४ अमूल्य वस्तुमध्ये कल्पवृक्ष एक हो जसलाई इन्द्र देवले स्वर्गमा रोपेका थिए । धार्मिक दृष्टिले यो केवल एक वनस्पति नभई दैवी वरदान हो जसको छायाँमा बस्दा वा यसको फल र फूल ग्रहण गर्दा आध्यात्मिक उन्नति समृद्धि र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । यसले मानवका चार प्रमुख अभिलाषा धर्म अर्थ काम र मोक्षको प्राप्तिका लागि माध्यम बन्ने गर्दछ । कल्पवृक्षका फूलहरू आकार रूप सुगन्ध र जैविक प्रणालीका हिसाबले अत्यन्तै अनौठा आकर्षक छन् । कल्पवृक्षको फूल प्राय सेतो रङको हुन्छ । यसको आकार ठूलो हुन्छ सामान्यतया १२ देखि १५ से.मी. व्यासमा फैलिएको हुन्छ । कहिलेकाहीँ यसको फूलमा हल्का गुलाबी झल्को पनि देखिन्छ । फूलको बनावट धेरै पातलो पंख जस्तै हुन्छ जसले यसलाई सौन्दर्यशाली देखाउँछ । यिनीहरू खासगरी बेलुकीपख फुल्ने गर्छन् बिहानसम्म ओइलाउँछन् । यो फूल एक रात मात्र रहने हुँदा यसलाई रातको फूल पनि भनिन्छ । यो जैविक प्रक्रिया अत्यन्तै रोचक र वैज्ञानिक दृष्टिकोणले महत्त्वपूर्ण छ । यसले जैव विविधताको संरक्षणमा पनि योगदान पु¥याउँछ । कल्पवृक्षको फूल केवल सौन्दर्यका दृष्टिले मात्र होइन औषधीय र सांस्कृतिक दृष्टिकोणले पनि मूल्यवान् छ । परम्परागत आयुर्वेदिक चिकित्सा प्रणालीमा यसको फूल प्रयोग गरिन्छ । यसबाट झोल चिया वा विभिन्न औषधीय पदार्थ तयार पारिन्छन् । यसको फूलले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिन्छ । साथै केही समुदायहरूमा यो फूललाई पवित्र मानिन्छ धार्मिक कार्यहरूमा पनि प्रयोग गरिन्छ । कल्प बृक्षको फलमा प्रशस्त मात्रामा भिटामिन क्याल्सियम पोटासियम फाइबर र एन्टीअक्सिडेन्ट पाइन्छ । फलको गुदीलाई खाने औषधि बनाउने सौन्दर्य प्रसाधनमा समेत प्रयोग गरिन्छ । यसको बियाँबाट तेल निकालिन्छ जुन छालाको रोग कपाल झर्नु तथा सुक्खा अनुहारको उपचारमा उपयोगी मानिन्छ ।यसको फल अझै विशेष मूल्यवान् मानिन्छ । यो फललाई विश्वभरि सुपरफ्रुट भनेर चिनिन्छ किनभने यसमा पाइने पोषणतत्त्वहरू अत्यन्तै उच्च गुणस्तरीय हुन्छन् ।
कल्पवृक्षको फल ठुलो अण्डाकार आकारको हुन्छ जसको बाहिरी भाग कडा हुन्छ र भित्र सफा सेतो गुदिलो पदार्थ रहन्छ जुन प्राकृतिक रूपमा सुक्खा हुन्छ । यो फलको सेतो धुलोलाई बाओबाब पाउडर को रूपमा प्रयोग गरिन्छ । यो फल भित्र साना कालो दानावाल बीजहरू हुन्छन् । यसमा प्रशस्त मात्रामा भिटामिन ऋ क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम डाइटरी फाइबर पाइन्छ । कल्पवृक्षको फलले रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीलाई सुदृढ गर्न छाला चम्किलो बनाउन, र शरीरलाई ऊर्जा दिन मद्दत गर्छ । एक अध्ययन अनुसार, बाओबाब फलमा कागतीभन्दा ६ गुणा बढी भिटामिन सि हुन्छजुन हाम्रो शरीरको लागि आवश्यक एन्टिअक्सिडेन्ट हो । यो फल सुक्खा अवस्थामा टिपिन्छ र गुदी छुट्याएर चूर्ण बनाई प्रयोग गरिन्छ । स्थानीय रूपमा यसलाई चुस्नी, जुस, चिया वा औषधिको रूपमा सेवन गरिन्छ । अफ्रिकामा त यसलाई जीवन दिने फल भनेर मानिन्छ किनभने यो कुपोषण हटाउन निकै प्रभावकारी मानिन्छ । नेपालजस्तो देशमा जहाँ प्राकृतिक स्रोतहरूको उपयोग गर्दै ग्रामीण विकासलाई प्रोत्साहित गर्न सकिन्छ त्यहाँ कल्पवृक्षको फल कृषि पोषण र व्यवसायिक दृष्टिकोणले बहुमूल्य साबित हुन सक्छ । पछिल्लो समय नेपालमा पनि यसको खेती संरक्षण र प्रयोगबारे चासो बढ्दो छ । यो फल आयुर्वेदिक उपचारमा समेत प्रयोग गरिन्छ, विशेष गरी पेटका समस्या उच्च रक्तचाप मधुमेह तथा सुगर कन्ट्रोल गर्न । यसले रगत सफा गर्छ भन्ने विश्वास पनि छ । बालबालिका गर्भवती महिला तथा वृद्ध व्यक्तिहरूका लागि पनि अत्यन्त उपयोगी मानिन्छ । कल्पवृक्षको फल केवल पोषणको खानी होइन वातावरणमैत्री विकल्प पनि हो किनकि यस वृक्षलाई सिचाइ बिना पनि हुर्काउन सकिन्छ र यसले जमिनको उब्जाउपन बढाउँछ । जलवायु परिवर्तनको सन्दर्भमा यस्ता बहुउपयोगी फलहरू संरक्षण गर्नु जरुरी छ । त्यसैले आजको दिनमा कल्पवृक्षको फल मानव स्वास्थ्य वातावरणीय सन्तुलन र दिगो विकासको प्रतिक बन्दै गएको छ ।अफ्रिकी विश्वासमा कल्पवृक्षको महत्त्व अफ्रिकाको सांस्कृतिक धार्मिक र सामाजिक जीवनमा कल्पवृक्ष पवित्र रहस्यमय र जीवनदायिनी वृक्षको रूपमा गहिरो रूपमा बसिएको छ । यसलाई “त्चभभ या ीषभ” अर्थात् जीवनको वृक्ष भनेर चिनिन्छ जुन केवल यसको पोषणीय र औषधीय गुणको कारण मात्र होइन सांस्कृतिक विश्वास र कथाहरूमा गहिरो जरा गाडेको कारणले पनि हो ।
अफ्रिकी किंवदन्तीहरू अनुसार जब भगवान्ले वृक्षहरू सिर्जना गर्दै हुनुहुन्थ्यो उहाँले कल्पवृक्षलाई अत्यधिक शक्तिशाली बनाउनु भयो । यो वृक्ष अत्यन्त घमण्डी भयो र आफैंलाई अरूभन्दा महान ठान्न थाल्यो । त्यसैले भगवान्ले यसलाई उल्टो गरी जमिनमा रोपिदिनुभयो यही कारणले यसको हाँगा जमिनतिर फर्किएको र जराजस्तो देखिने विश्वास गरिन्छ । यसको अनौठो आकृतिले पनि यस वृक्षलाई रहस्यमय र पवित्र बनाएको छ ।
धेरै अफ्रिकी समुदायहरूमा कल्पवृक्षलाई आत्माहरूको बासस्थान मानिन्छ । केही जातिहरू यसलाई पूर्वजहरूको आत्मा रहने स्थान भनेर पूजा गर्छन् । यसको छायाँमुनि सभा बसालिन्छ, न्याय निर्णय लिइन्छ र सामुदायिक निर्णयहरू गरिन्छ । यसरी यो केवल प्रकृति मात्र होइन समुदायको केन्द्रको रूपमा पनि सम्मानित छ ।
कल्पवृक्षको फल, पात, बोक्रा गुदी सबैलाई औषधीय गुण भएको विश्वास गरिन्छ । विशेष गरी अफ्रिकाका ग्रामीण क्षेत्रमा यो वृक्ष खाद्य सुरक्षा परम्परागत उपचारको स्रोत हो । यसको गुदी सुकाएर बनाइएको पाउडर बालबालिकाको कुपोषण हटाउन रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरलाई ऊर्जा दिन प्रयोग गरिन्छ । महिलाहरू यो वृक्षबाट प्राप्त हुने औषधीय पदार्थहरूलाई गर्भावस्थामा प्रयोग गर्छन् । अफ्रिकाका केही क्षेत्रहरूमा त नवजात शिशुलाई जीवनको शुभकामनास्वरूप कल्पवृक्षको गुदी खुवाउने चलन छ । यसको जरा, बोक्रा फूल पात सबै कुनै न कुनै औषधीय वा सांस्कृतिक प्रयोजनका लागि प्रयोग गरिन्छ । अफ्रिकी विश्वासमा कल्पवृक्ष केवल एक रूख होइन, यो जीवन, आत्मा, सन्तुलन र संरक्षणको प्रतीक हो । यसले भौतिक जीवन मात्र होइन, आध्यात्मिक जीवन महत्त्व राखेको छ ।आज पनि अफ्रिकामा कल्पवृक्ष काट्नु पाप मानिन्छ र यसको संरक्षणलाई धर्मको रूपमा लिइन्छ । यस्तो विश्वासले यो वृक्षलाई केवल जैविक सम्पदा होइन सांस्कृतिक धरोहरका रूपमा पनि अमर बनाएको छ । कल्पवृक्ष प्राय अफ्रिकाको सहारा मरुभूमि क्षेत्र मडागास्कर भारतको केही उष्ण स्थानहरू र दक्षिण एसियाका केही गर्मी क्षेत्रहरूमा पाइन्छ ।
नेपालमा हालसालै यसको सम्भावना देखिएको छ र यसको वृक्षारोपण अभियान तीव्र रूपमा फैलिरहेको छ । विशेषतः बाँके, बर्दिया, कैलाली, चितवन, लुम्बिनी, काठमाडौ , सल्यान , सुर्खेत क्षेत्र अनि विभिन्न तराईमा लगाईएको पाईएको छ ।नेपालमा वातावरणप्रेमीहरूले कल्पवृक्षलाई भविष्यको जलधार भनेर चिनाउँदै आएका छन् किनभने यसको फेदमाल पानी संचित गरी खडेरी समयमा पानी प्रदान गर्छ । जलवायु परिवर्तनको सामना गर्न यो वृक्ष एक आदर्श प्राकृतिक समाधान मानिन्छ । नेपालमा यसलाई हरित अभियानसँग जोडेर कल्पवृक्ष अभियान को रूपमा संचालन गरिएको छ जसले धार्मिकता र प्रकृति संरक्षणलाई एकै साथ अघि बढाउने प्रयास गरिरहेको छ । यसको मूल्य केवल जैविक दृष्टिले मात्र होइन सामाजिक र आध्यात्मिक अर्थमा समेत अत्यधिक छ । कल्प वृक्ष अभियान भनेर हेमन्त राज काफलेले चलाएका छ्न उनलाई कल्प बृक्षको बीउ जर्मनी बस्ने साधाना अधिकारी रानाले पहिलो पटक २०७३ मा पठाएर कल्प वृक्ष लगाउन सहयोग गर्नु भएको थियो । उहाँ कै बिउकै कारण अहिले कल्प वृक्ष अभियान चाल्न पाईएको छ । धनगढीमा पत्रकार पुस्पराज जोशि , बर्दियामा कृष्ण जङ शाह चितवनमा शुक्र रेग्मी र रौतहटमा रितेश साह ले बिरुवा लगाएका छ्न १०० बढी कल्प वृक्ष नेपालमा हुर्काई सकेका छ्न र बिस्तारै बढ्दै गएको छ । अहिले मोरिङ्गा फर लभ का प्याटृक चौ ले आफू मडागास्कर गएको बेला बीउ ल्याएर हेमन्त लाई दिएर यो देश भरी अभियान बनाएका छ्न । यो बिरुवा विशेष गरि खुल्ला चौर मन्दिरहरूमा लगाउने अभियान बनेको छ ।
हिन्दू धार्मिक विश्वासमा कल्पवृक्ष अत्यन्तै महत्त्वपूर्ण स्थानमा रहँदै आएको छ । विभिन्न पुराणहरू जस्तै गरुड़ पुराण, विष्णु पुराण, पद्म पुराण आदि मा यसको वर्णन भेटिन्छ, जसले यस वृक्षको महत्ता बढाएको छ । विश्वास गरिन्छ कि स्वर्गमा इन्द्रको बगैंचामा रहेको कल्पवृक्षले देवताहरूको सबै इच्छाहरू पूर्ण गर्दछ । केही मन्दिरहरूमा यसको चित्र वा मूर्ति राखी पूजिन्छ विशेषत दक्षिण भारतका केहि मठहरूमा यस वृक्षको विशेष पूजा गरिन्छ । धेरैजसो भक्तहरू यस वृक्षलाई शुद्ध, पवित्र र पुण्यदायी मान्दछन्, जसको छायाँमा व्रत, ध्यान, पूजा वा तपस्या गर्दा ईश्वर प्राप्ति सम्भव हुने विश्वास गरिन्छ । महिलाहरू सन्तानको कामनाका लागि वृद्धहरू स्वास्थ्यको कामनाका लागि र आध्यात्मिक साधकहरूले आत्मज्ञानको कामनाका लागि यस वृक्षसँग सम्बन्धित पूजा गर्छन् । केही ठाउँहरूमा कल्पतरु पूजा वा कल्पवास नामक धार्मिक अभ्यास पनि प्रचलनमा छ जसमा कल्पवृक्षलाई साक्षी राखेर धर्म कर्म गरिन्छ । यस्तो विश्वास गरिन्छ कि यो वृक्षको वरिपरि बसेर साँचो मनले कामना गर्दा ईश्वर स्वयं तृप्त हुन्छन् र भक्तको इच्छा पूरा हुन्छ । आजको सन्दर्भमा कल्पवृक्ष केवल धार्मिक प्रतीक नभई पर्यावरणीय संरक्षणको प्रतीक बनेको छ । यसको अद्भुत संरचना र जलवायु प्रतिरोधी प्रकृतिका कारण वैज्ञानिकहरूले समेत यसको संरक्षण र विस्तारमा जोड दिएका छन् । नेपाल जस्तो जैविक विविधता सम्पन्न देशमा कल्पवृक्षको सम्भावना अझ व्यापक छ जहाँ यसको औषधीय आहारजन्य वातावरणीय योगदानलाई ध्यान दिँदै खेती अनुसन्धानको दायरा फराकिलो पार्न सकिन्छ । पर्यावरणीय संकट सुक्खा जलवायु परिवर्तनजस्ता समस्यालाई हल गर्न यसको वृक्षारोपण अपरिहार्य बन्दै गइरहेको छ । साथै हिन्दू धर्मको गहिरो आस्था र परम्परासँग जोडिएकाले कल्पवृक्ष धार्मिक तथा सांस्कृतिक चेतनाको पुनर्जागरणको केन्द्र बन्न सक्छ । यदि हामीले कल्पवृक्षको सही वैज्ञानिक उपयोग धार्मिक श्रद्धा तथा वातावरणीय आवश्यकता बुझेर यसको संरक्षण तथा प्रवद्र्धन गर्न सके भने यो वृक्ष भविष्यको हरियाली, स्वास्थ्य र अध्यात्मिक समृद्धिको आधार बन्न सक्छ । यसले हाम्रो वर्तमानलाई सुरक्षा भविष्यलाई हरियाली दिने गहिरो क्षमता बोकेको छ ।
कल्पवृक्षको बनोट अन्य रुख्हरूभन्दा धेरै फरक हुन्छ । यसको विशाल बिराट मोटोपनयुक्त र बोतलजस्तै गोलो आकारको हुन्छ जसले हजारौं लिटर पानी संचित गर्न सक्छ । यसको उचाइ सामान्यत ५ देखि २५ मिटर सम्मको हुन्छ र परिपक्व वृक्षको गोलाइ १० मिटर भन्दा बढी हुन सक्छ । केही वृक्षहरू त हजार वर्षभन्दा बढी पुराना पाइन्छन् जसले यसको दीर्घजीवी प्रकृतिलाई पुष्टि गर्छ । पातहरू हिउँदमा झर्छन् र वसन्तमा पुन पलाउँछन् । फूलहरू सेता र ठूला हुन्छन्, रातमा मात्र फुल्छन् र चमेरो तथा कीराहरूबाट परागण हुन्छ । कल्पवृक्षको फल अण्डाको आकारको हुन्छ, जसको बोक्रा काठजस्तो कडा हुन्छ र भित्र सेतो फसफसे पदार्थ हुन्छ । संसारकै सबैभन्दा रोचक र अनौठो वनस्पतिहरूमा गनिन्छ कल्प वृक्ष । कल्पवृक्ष एक बहुपरिपक्व वृक्ष हो जसको आयु पाँच हजार वर्षसम्म बाच्न सक्छ भन्ने बैज्ञानिक भनाइ छ । यसको विशेषताहरूमा पातहरू , फल फूल हरूमा पाइने पोषक तत्वहरू यसलाई विशेष वनस्पतिको रूपमा मानिएको छ । यसको फल अत्यन्त पोसिलो र यस्को फेद गोलाईमा पानी संचय गर्ने क्षमता हुन्छ । विकासक्रमीय दृष्टिले, यो रुख अफ्रिकामा उभिएको भएता पनि यसको वंशावली प्राचीन पृथ्वीका भौगोलिक र जलवायु परिवर्तनोंसँग गहिरो सम्बन्धित छ । यसको वंश विकासमा जलवायु परिवर्तन र पर्यावरणीय चुनौतिहरूले कसरी प्रभाव पारेको छ भन्ने विषयमा बृहत अनुसन्धानहरू भइरहेका छन् ।
कल्पवृक्षको पारिस्थितिक भूमिका अत्यन्त महत्वपूर्ण छ । यो विशेषगरी शुष्क र अर्धशुष्क क्षेत्रहरूमा पाइन्छ, जहाँ यसले माटो संरक्षण, हावा र पानीको सन्तुलन कायम राख्ने काम गर्छ । यसको विशाल रुखले वर्षा जल संचित गर्छ र माटोमा चिस्यान राख्न मद्दत पुर्याउँछ । यसले स्थानीय जीवजन्तुहरूका लागि भोजन र आश्रयको रूपमा कार्य गर्छ । साथै, कल्पवृक्षको रोपणले मरुभूमीकरण रोकथाम र जलवायु परिवर्तन विरुद्धको प्राकृतिक रक्षा प्रणालीको रूपमा कार्य गर्दछ । जैविक विविधताको संरक्षणमा यसको भूमिका यथेष्ठ छ यसले मानव जीवनसँग पनि सजीव सम्बन्ध राख्छ ।
अफ्रिकामा कल्पवृक्षलाई ‘सुपरफूड ट्री’ भनिन्छ किनभने यसको फल पात र बीउमा मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्वहरू भरपुर पाइन्छन् । भिटामिन सि, क्याल्सियम, फाइबर र एन्टिअक्सिडेन्ट युक्त यसका अङ्गहरू विभिन्न रोगहरूको उपचार र रोकथाममा उपयोगी ठहरिएका छन् । परम्परागत औषधिमा यसको प्रयोग हजारौं वर्ष पुरानो छ । पछिल्लो विज्ञानले पनि यसको एन्टि–इन्फ्लेमेटरी, एन्टि–ब्याक्टेरियल एन्टि–डायबिटिक गुणहरूलाई पुष्टि गरेको छ । यसले दीर्घकालीन स्वास्थ्य सुधारमा योगदान पु¥याउँछ र विकासशील देशहरूमा पोषण संकटलाई घटाउन सक्ने सम्भावना बोकेको रुख हो यो ।
कल्पवृक्ष स्थानीय आर्थिक गतिविधिहरूमा पनि महत्वपूर्ण छ । फलको व्यावसायिक उपयोगले खाद्य सुरक्षा बढाउँछ भने यसको बोक्रा र पातले पशुपालनमा मद्दत गर्छ । यसका बीउबाट तेल निकाल्ने प्रविधिहरू विकास हुँदैछन् जसले आर्थिक अवसरहरू सिर्जना गरेका छन् । ग्रामीण समुदायहरूले यसलाई सञ्झ्याल छाना बनाउन पनि प्रयोग गर्ने गरेको पाइन्छ । आर्थिक विकाससँगै, यसको संरक्षण र समुचित प्रयोगले दिगो विकासका लक्ष्यहरू पुरा गर्न मद्दत पु¥याउन सक्छ ।
विश्वका विभिन्न संस्कृतिहरूमा कल्पवृक्षलाई गहिरो धार्मिक र सांस्कृतिक महत्त्व दिइएको पाईन्छ । अफ्रिकाका समुदायहरूमा यो रुखलाई जीवन र पुनर्जन्मको प्रतीक मानिन्छ । हिन्दू, बौद्ध र जैन धर्महरूमा यसको पौराणिक कथा र आध्यात्मिक सन्दर्भहरू पाइन्छन् । यसले मानव जीवनका मूल प्रश्नहरू जस्तै जीवन, मृत्यु, पुनर्जन्म र ब्रह्माण्डीय सन्तुलनलाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्छ । यसको अध्यात्मिक महत्त्वले मानवीय चेतना र प्रकृतिको सम्बन्धमा गहन दृष्टिकोण प्रदान गर्दछ । कल्पवृक्षलाई जीवन र प्रकृतिबीचको अन्तरसम्बन्धको प्रतिकको रूपमा हेरिन्छ । यसको विशालता र दीर्घायुले प्रकृतिको सहनशीलता र मानव जीवनको नातालाई संकेत गर्छ । यसको संरक्षणले मानिसहरूलाई दार्शनिक रूपमा प्रकृति प्रति संवेदनशील र जिम्मेवार बन्न प्रेरित गर्छ । आधुनिक समाजमा जहाँ प्रविधिको विकासले प्रकृतिलाई जोखिममा पारिरहेको छ, त्यहाँ कल्पवृक्षले दिगो जीवनशैली र सहअस्तित्वको सन्देश दिन्छ । यसले मानव र प्रकृतिको बीचको सम्बन्ध पुनःनिर्माण गर्ने चुनौतीलाई स्वीकार गर्दछ । जलवायु परिवर्तन र दिगो विकासमा योगदान
जलवायु परिवर्तनले विश्वलाई गम्भीर रूपमा प्रभावित गरिरहेको यस युगमा, कल्पवृक्षले विशेष भूमिका निर्वाह गर्न सक्छ । यसको वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्दछ, कार्बन अवशोषणमा योगदान पुर्याउँछ, र स्थानीय जलवायुलाई स्थिर पार्न सहयोग गर्छ । दिगो विकासका लक्ष्यहरू लाई प्राप्त गर्न यसको संरक्षण अनिवार्य छ । यस वृक्षको अध्ययन र संरक्षणले भविष्यका जलवायु नीतिहरू विकास गर्न वैज्ञानिक आधार प्रस्तुत गर्न सक्छ ।
विज्ञानिकहरूले कल्पवृक्षमा गहन अनुसन्धान गरिरहेका छन् जसले यसको अनौठो जीव विज्ञान र पर्यावरणीय क्षमताहरू उजागर गरेका छन् । बायोटेक्नोलोजी प्रयोग गरेर यसको औषधीय गुणहरूको नयाँ प्रविधिहरू विकास हुँदैछन् । डेटा विज्ञान र जीआईएस प्रविधिको प्रयोगले यसको वितरण विकासक्रम र पर्यावरणीय प्रभावहरूको विश्लेषणलाई थप सटीक बनाएको छ । यसको व्यावसायिक उपयोगलाई प्रवद्र्धन गर्न नविनतम टेक्नोलोजीहरू अपनाइरहेको छ । कल्पवृक्ष एक बहुआयामिक वनस्पति मानव जीवन र बाताबरणका लागि अद्वितीय भूमिका खेल्दछ । यस वृक्षप्रति गहिरो सम्मान र संरक्षण हाम्रो दायित्व हो ताकि भविष्यका पुस्ताहरू पनि यसको अनमोल उपहारबाट लाभान्वित हुन सकून् ।