बाँके : तीस हजार बढीले लिए आयुर्वेद सेवा

oplus_0

बाँकेमा आयुर्वेद उपचार प्रति आकर्षण बढ्दै गएको छ । नसर्ने रोग, हाड जोर्नी, पेट सम्बन्धी रोग, सुगर, प्रेसर, महिला स्वास्थ्य समस्या लिएर आयुर्वेद केन्द्र र औषधालयमा पुग्नेको संख्या उल्लेख्य छ । पुरानो र जटिल भैसकेको रोगको उपचारका लागि समेत आयुर्वेद उपचारका लागि मानिसहरू पुग्ने गरेका छन् ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र र पाँच औषधालय समेत गरी चालु आर्थिक बर्षको जेठ मसान्तसम्म ३० हजार बढी बिरामीले विभिन्न किसिमको स्वास्थ्य सेवा लिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज डा. गिता रेग्मीले जानकारी दिएकी छिन् । ‘१३ हजार ७ सय ९९ पुरुष र १५ हजार ३५ महिला उपचारका लागि आउनु भएको छ’, उनले भनिन् ।

चालु आ.व.को हालसम्म ३ हजार ४ सय १३ जनाले पञ्चकर्म उपचार गराएका छन् । जसमा महिलाको संख्या १ हजार ७ सय ८४ र पुरुषको संख्या १ हजार ६ सय २९ रहेको छ । त्यस्तै २ हजार ७४ ज्येष्ठ नागरिकले आयुर्वेद उपचार सेवा लिएका छन् । जसमा १ हजार ४३ पुरुष र १ हजार ३६ महिला रहेका छन् ।

त्यस्तै, स्तनपायी आमा, मातृ, शिशु अन्तर्गत ५ सय ९४ ले सेवा लिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।

Exit mobile version