यस्तो छ, खजुराको नीति तथा कार्यक्रम

बाँकेको खजुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम १७ औं गाउँसभामा प्रस्तुत गर्दै पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क.ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम मंगलबार गाउँसभामा प्रस्तुत गर्दै विभिन्न क्षेत्रलाई समेटेका छन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी विकास, पर्यटन, खेलकुद, रोजगार, उद्योग, ब्यवसाय लगायतलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा खजुरा क्षेत्रका बिद्यालयलाई टिनको छानामुक्त बनाउने, हरेक बिद्यालयमा सुबिधा सम्पन्न शौचालय र स्वच्छ खानेपानीको ब्यवस्था गर्ने, खजुराको समृद्धिको आधार कृषिलाई प्रोत्साहित गरिएको छ ।

कबड्डी खेललाई मान्यता दिदै गाउँपालिकाको खेलकुदका रुपमा घोषणा गरिएको छ । अन्य खेल गतिबिधिलाई तीब्र रुपमा सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तो छ, खजुराको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

Exit mobile version