फलफूल बिरुवा रोपियो

प्युठानी युवा समाज बाँके र आदिवासी जनजाति पत्रकार महासंघ बाँके (फोनिज) को संयुक्त आयोजनामा शनिबार नेपालगन्जमा वृक्षारोपण कार्यक्रम आयोजना भएको छ।

“वृक्षारोपण गरौँ हरियाली बनाऔँ” भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० स्थित राँझा एयरपोर्ट नजिकैको पशुपति मन्दिर परिसरमा करिब ५० भन्दा बढी विभिन्न जातका फलफूलका बिरुवा रोपिएका हुन्।

प्युठानी युवा समाज बाँकेका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा फोनिज बाँकेका अध्यक्ष अशोक थापा मगरले सहयोग गरेका थिए ।

वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको यस पहलमा दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्युठानी युवा समाजका पदाधिकारीहरु, फोनिजका केन्द्रीय सदस्य र प्रदेश कोषाध्यक्ष लगायत स्थानीय प्रतिनिधिहरुको पनि उपस्थिति थियो।

Exit mobile version