सञ्चालकहरूको आन्तरिक विवादले नेपालगञ्जको धम्बोझीस्थित वाटर पार्कमा पर्यटन प्रवर्द्धनका गतिविधि रोकिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१ र १८ मा अवस्थित वाटर पार्क सञ्चालनको जिम्मा पाएको बोटे बोरा प्रालिका सञ्चालक बीचको विवादले विगत एक वर्षदेखि वाटर पार्कमा जलयात्रालगायत पर्यटन प्रवर्द्धनका गतिविधि ठप्प छन् ।काठमाडौँ महानगरपालिका–२६ निवासी बोटे बोरा प्रालिका सञ्चालकबीचमा नेपालगञ्जको वाटरपार्कमा मोटरबोट डुङ्गा सञ्चालनका लागि ५०–५० प्रतिशत सेयर लगानीको सम्झौता भएको जनाइएको छ । वाटरपार्कमा जलयात्राका लागि दुईथान मोटरबोट सञ्चालन हुँदै आएकामा सञ्चालकहरूबीचको आन्तरिक कलहले हाल एक थान मात्र मोटरबोट सञ्चालन हुँदै आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाबाट वार्षिक रु २४ लाखमा १० वर्षका लागि वाटरपार्क सञ्चालनको सम्झौता भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वाटरपार्कलाई आन्तरिक पर्यटकीय क्षेत्र बनाउन निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिएको बताउनुभयो । वाटरपार्क सञ्चालनको जिम्मा पाएका सञ्चालकबीच असमझदारी सृजना भएको जानकारी आफूसँग आएको उल्लेख गर्दै उहाँले सञ्चालकबीचको विवादले ताललाई अस्तव्यस्त बनाउन नहुनेमा आफू सजग रहेको बताउनुभयो ।
‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास
by
Dainik Nepalgunj
August 16, 2025
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
by
Dainik Nepalgunj
August 16, 2025
लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार
by
Dainik Nepalgunj
August 15, 2025
चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन
by
Dainik Nepalgunj
August 15, 2025
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री
by
Dainik Nepalgunj
August 15, 2025