लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ । धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्याङ्कअनुसार हालसम्म ७२ हजार ५२० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३ दशमलव ९४ प्रतिशत हो । लुम्बिनी प्रदेशमा कूल तीन लाख दुई हजार ९३९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ । प्रदेशमा कूल धानखेतीयोग्य जमिन छ लाख ८० हजार १५ हेक्टर जमिन रहेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले प्रदेशमा पछिल्ला वर्षमा धान उत्पादनमा वृद्धि हुँदै गएको बताउनुभयो । प्रदेशका जिल्लामा रोपाइँको स्थिति फरकफरक देखिएको छ । प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी प्यूठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम गुल्मीमा पाँच प्रतिशत मात्र रोपाइँ भएको छ । प्रमुख धान उत्पादक जिल्लाका रूपमा कपिलवस्तु र रुपन्देही रहेका छन् । यी जिल्लामा कपिलवस्तुमा २१ दशमलव ८२ प्रतिशत र रुपन्देहीमा २१ दशमलव शून्य छ प्रतिशत धानले क्षेत्रफल ओगटेको छ । सबैभन्दा कम धान रोपाइँ क्षेत्रफल ओगट्ने जिल्ला भने रुकुमपूर्व रहेको छ । त्यस जिल्लाले एक दशमलव ४६ प्रतिशत हिस्सा ओगटेको छ । यस वर्ष आजसम्म कपिलवस्तुमा कुल ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भए पनि हालसम्म चार हजार ६११ हेक्टरमा रोपाइँ भएको छ । दाङमा ३७ हजार २२५ हेक्टरमध्ये छ हजार ३२८ हेक्टरमा धान रोपाइँ भएको छ । बर्दियामा ५० हजार १५० हेक्टरमध्ये १३ हजार ७१४ हेक्टरमा धान रोपाइँ भएको छ । यस्तै बाँकेमा ३४ हजार ७११ हेक्टरमध्ये तीन हजार ८१८ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ । पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पाजस्ता पहाडी जिल्लामा पनि न्यून रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा तीन लाख एक हजार ८०९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । प्रदेश सरकारले धान उत्पादन वृद्धिका लागि प्रदेश सरकारले बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवर्द्धन, रैथाने जात संरक्षणलगायत विविध कार्यक्रम सञ्चालन गरिरहेको महानिर्देशक रामप्रसाद पाण्डेले बताउनुभयो । प्रदेशमा हाल सावित्री, सामा मन्सुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मती लगायतका जात हुने गरेको छ । यसका साथै धानका परम्परागत बीउ तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता स्थानीय जातको प्रयोग पनि बढ्दो छ । यसैगरी प्रदेशमा धानखेतीले कूल खाद्यान्न उत्पादनमा ५६ दशमलव १५ प्रतिशत र कूल उपभोग्य खाद्यान्नमा ४३ दशमलव ८७ प्रतिशत योगदान पु¥याइरहेको तथ्याङ्क रहेको छ । राष्ट्रिय धान दिवसका अवसरमा प्रदेश कृषिमन्त्री दिनेश पन्थीले लुम्बिनी प्रदेशलाई ‘अर्गानिक’ प्रदेश बनाउने गरी सरकारले विशेष अभियान थालेको जानकारी दिनुभयो । सो अभियानको सुरुआत प्रदेशको रुकुमपूर्वबाट गरिएको उहाँले बताउनुभयो । कृषि सचिव यामनारायण देवकोटाले धान प्रमुख खाद्यान्न बाली मात्र नभई संस्कार र परम्परासँग जोडिएकाले यसको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल
by
Dainik Nepalgunj
October 7, 2026
समाजसेवामा योगदान गर्नेलाई जोड्दै रोटरी सेन्ट्रल बाँकेको मानार्थ सदस्यता अभियान
by
Dainik Nepalgunj
October 7, 2026
बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार
by
Dainik Nepalgunj
October 7, 2026
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
by
Dainik Nepalgunj
October 7, 2026
’निष्ठा र इमानदारिताको पर्याय केशवराज’
by
Dainik Nepalgunj
October 7, 2026