धान रोप्दारोप्दै चट्याङले लियो ज्यान

बाँकेमा चट्याङ लागेर आइतबार एक महिलाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा धान रोपिरहेको खेतमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको हो । बाँके प्रहरीका अनुसार, घटनामा दुई जना घाइते भएका छन् ।

चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ दाङकी ४५ वर्षीया सीता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

सीताको उपचारकै क्रममा उक्त अस्पतालमा मृत्यु भएको थियो भने अन्य दुई जना घाइतेलाई थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

चट्याङमा परी मृतक सीतासहित २४ वर्षीया निर्मला थारु र १५ वर्षीया गरीमा थारु घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि स्थानीय राप्ती सोनारी अस्पतालमा पु¥याइएको थियो ।

मृतक सीता राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित माइती घरमा धान रोप्नकै लागि आएको परिवारलाई उदधृत गर्दै प्रहरीले जनाएको छ ।

Exit mobile version