रोपाई संगै बिद्याथीको सिकाई

१५ असार अर्थात धान दिवस पारेर बाँकेको खजुरामा धान रोपाईसंग बिद्यार्थीलाई धान दिवसको महत्व र धान रोपाहीको फिल्ड अभ्यास गराइएको छ । धान दिवसका सन्दर्भमा होप इन्टरनेशनल एकेडेमी र होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालको संयुक्त आयोजनामा राष्टिय धान दिवस धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने नाराका साथ मनाइयो छ । होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालका अध्यक्ष राजन कुमार गौतमको अध्यक्षता भएको कार्यक्रममा खजरा गाउ पालिका १ का वडा अध्यक्ष मनबिर क्षेत्रीको प्रमुख आथित्यतामा एके कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रममा धान दिवसको महत्वको बिषयमा र खाना हाम्रो जिवन शैलीको बिषममा होप इन्टरनेशनल एकेडेमीका प्राचार्य केशवा रेग्मीले प्रकाश पारेकी थिईन । कार्यक्रममा होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालकी उपाध्यक्ष सरस्वती मल्लले धान दिवसको महत्वको बिषयमा जानकारी गराएकी थिइन ।

कार्यकममा होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालका महासचिव अधिवक्ता बसन्त गौतमले कृषि प्रधान देशमा मुख्य बालीको रूपमा रहेको धान दिबसको ठुलो महत्व रहेको उल्लेख गर्दै यसको उत्पादन श्रृखला र खाद्य गुणस्तरका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै खजरा गाउँपालिका १ का वडा अध्यक्ष मनबिर क्षेत्रीले धान दिवसको महत्व र बिद्यार्थी भाइ बैनीहरूले व्यबहारिक ज्ञानको महत्वको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालका कार्यकारी निर्देशक सरेश कुमार गौतमले सन्चालन गरेको कार्यक्रममा बिद्यार्थीहरूले शैद्धान्तिक ज्ञान मात्रै ब्यवशारिक शिप सिक्न जरुरी रहेको बताइएको थियो ।

धान दिवसका सन्दर्भमा फिल्डमै गएर अवलोकन गरि धान रोप्न पाएकोमा बिद्यार्थीहरू उत्साहित देखिन्थे । फिल्ड अवलोक गरि धान रोप्न पाएकोमा कृषि ब्यवशाय र धान दिवसका सन्दर्भमा धेरै कुरा सिक्न पाएको बिद्यार्थीहरूले बताए । हामीले धान कसरी उत्पादन हुन्छ यसको उत्पादन श्रृखला कस्तो हुन्छ भन्ने बिधि र प्रक्रियाका बारेमा जानकारी पाएको र अन्नको महत्वको बारेमा समेत जानकारी हुन भनी आएको बिद्यार्थीहरूले आफ्नो फिल्ड अनुभव बताएका थिए ।

कार्यक्रमको समापन मतब्य दिदै होप टेनिङ एण्ड रिसर्ज सेन्टर नेपालका अध्यक्ष राजन कुमार गौतमले धान दिवसको महत्बको बिषयमा बिद्यार्थीहरूलाई जानकारी गराउदै बिद्यार्थी भाइ बैनीहरूले व्यबहारिक शिक्षा र यसको उययोगिताको बिषय सिक्नु पर्ने बताए । सम्बोधनका क्रममा अध्यक्ष गौतमले धान बाली हाम्रो जिवनको जिउने आधार भएको बताएका थिए ।

धान दिबसको अबसरमा होप इन्टरनेशनल एकेडेमीका कक्षा ७, ८ र १० का ७० जना बिद्यार्थीहरूले खजुरा १ स्थित धान खेलमै पुगी व्यबहारीक र प्रयोगात्मक शिक्षाका बिषयमा जानकारी तथा ज्ञान लिएका थिए ।

Exit mobile version