बालसुधार गृहमा संचालिन ३ महिने अंग्रेजी भाषा सिकाई जिवन उपयोगी बन्दै

अग्रेजी भाषाको सिकाई पछि आफुहरुमा आत्म बिश्वास बढेको, सकारात्मक सोचको बिकाश हुदै गएको बालकहरुको भनाई
अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाल सुधार गृह नौबस्ता, बाँके संगको सहकार्यमा बिगत २ महिना देखि संचालन गर्दै आएको ३ महिने अंग्रेजी भाषा सिकाई कक्षा प्रभावकारी एवं जिवन उपयोगी भएको भाषा सिक्दै गरेका कानूनी बिवादमा परेका बालकहरुले बताएका छन् ।

बाल सुधार गृह नौबस्ता, बाँकेमा रहेका कानूनी बिवादमा परेका ४० जना बालकहरुका लागी आयोजित ३ महिने अंग्रेजी भाषा सिकाई कक्षाको अनुगमन मुल्याङ्कनका लागी पुगेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र आयोजक सस्था एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमसंगको कुराकानीका क्रममा भाषा सिक्दै गरेका बालकहरुले अग्रेजी भाषामै आफ्ना भनाई राख्दै भाषा सिकाई एकदमै उपयोगी भएको बताएका थिए ।

हामीहरु सुधार गृहमा त्यतिकै समय कटाई रहेका थियौ । अहिले अग्रेजीमा कुराकानी गर्न सक्ने भएका छौ, हिरासतबाट छुटेर गए पछि सो सिकाईले समाजमा पुनस्थापना हुन र दैनिक जिवन संचालनमा समेत मद्धत पुग्ने बिश्वास लिएका छौ’ । अग्रेजी भाषा सक्दै गरेका बालकले भनेका छन् । अग्रेजी भाषा सक्दै गरेका बालकहरुले अग्रेजी भाषाको सिकाई पछि जिवनमा केही गर्न सकिन्छ भन्ने आफुहरुमा आत्म बिश्वास बढेको, सकारात्मक सोचको बिकाश हुदै भन्दै यस्ता खालका कार्यक्रम निरन्तरतामा जोड दिए ।

भाषा सिकाईको अवलोकन मुल्याङ्कनमा पुगेका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अग्रेजी भाषा कक्षाले बालकहरुको शैक्षिक स्तर अभिबृद्धिमा मद्धत पुग्ने बनाउदै सिकेका कुरा ब्यवहारमा उतार्ने गरि तालिमको भरपुर उपभोग गर्न बालकहरुलाई आग्रह गरेका थिए । जीवनमा सिक्ने कुरा धेरै भएको,जीवन जिउन धेरै समय बाँकी रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जोशीले बालकहरुले सधै लगनसिलताका साथ सिकाईलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

बालकहरुले माग बमोजिम उनीहरुको पढ्न पाउने भाषा ज्ञान शिप सिक्न पाउने अधिकारको सम्मान गर्दै शैक्षिक स्तरमा अभिबृद्धि गरि असल नागरिक बनाउन र थुनामुक्त भए पछि समाजमा पुनस्थापनामा सहयोग मिलोस भन्ने उदेश्यका साथ अग्रेजी कक्षा संचालन गरिएका एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । एडभोकेसी फोरमले बालन्यायका क्षेत्रमा गरेको कार्यहरुको बारेमा चर्चा गर्दै गौतमले बालबालिकाको सवोत्तम हितलाई मध्यनजर राखी बालन्यायको सम्पादन गरिनु पर्नेमा जोड दिएका थिए ।

२०८२ बैशाख २६ गतेबाट उद्घाटन सहित सुरु भएको तालिमको सहजिकरण अग्रेजी बिषयका शिक्षक बिर बहादुर चौधरीले गरेका छन् । ३ महिने सिकार्य प्रारम्भिक भए पछि यस बिचमा बालकहरुले धेरै कुरा सिकिसकेको बताए । प्रशिक्षक चौधरीले आफुले प्रभावकारी रुपमा अग्रेजी भाषा सिकाईरहेको र यसका लागी बालकहरुको सक्रियता र जागरुकता बढ्दै गएको बताए ।

बालकहरुले माग बमोजिम उनीहरुको पढ्न पाउने अधिकारको सम्मान गर्दै शैक्षिक स्तरमा बृद्धि गरि क्यारियर बनाउने र थुनामुक्त भए पछि समाजमा पुनस्थापनामा सहयोग मिलोस भन्ने उदेश्यका साथ अग्रेजी कक्षा संचालन गरिएका एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले बताए ।

अग्रेजी आषा सिक्दै गरेका बालकहरुले तालिम आफुहरुको लागी निकै फलदारी भएको जनाउदै तालिम संचालन गरेकोमा एडभोकेसी फोरमलाई धन्यवाद दिएका थिए ।

अग्रेजी बिषयका शिक्षक बिर बहादुर चौधरीले दैनिक एक घण्टाका दरले तिन महिनासम्म बालसुधार गृह नौवस्ता बाँकेमा रहेका कानूनी बिवादमा परेका बालकहरुलाई ३ महिने अग्रेजी भाषा प्रशिक्षण कक्षा संचालन गर्ने र यसको प्रभावकारीताका लागी प्रशिक्षणका बिभिन्न बिधि अपनाईएको जानकारी दिए ।

Exit mobile version