कोषमा २३ लाख नाघे योगदानकर्ता

सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या २३ लाख नाघेको छ । सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म २३ लाख ५१ हजार ५ सय ६१ जना सामाजिक सुरक्षा कोषमा आबद्ध भैसकेका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म सूचिकृत रोजगारदाताको संख्या २० हजार ८ सय ७६ मात्रै रहेको छ । कोषमा हालसम्म योगदान रकम ८३ अर्ब ३१ करोड १२ लाख ३७ हजार ३ सय ८१ पुगेको छ । कोषबाट कुल दाबी भुक्तानी १५ अर्ब ५१ करोड बढी भैसकेको छ ।

Exit mobile version