बाँकेमा एक सय ९६ सडक बन्दै

OLYMPUS DIGITAL CAMERA

भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशले आगामी आर्थिक बर्ष २०८२÷०८३ मा प्रदेशका १२ वटै जिल्लामा कुल ५० किमी नयाँ ट्रयाक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । मन्त्रालयले १ सय २० किलोमिटर सडक बिस्तार (स्तरोन्नती), २ सय ५० किलोमिटर सडक ग्राभेल गर्नका लागि बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले आगामी आ.व.मा २ सय किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ भने २५ किलोमिटर ढलान गरी पक्की सडक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा ४० वटा पुल निर्माण र १० वटा झलुंगे पुल समेत निर्माण गर्नका लागि आगामी आ.व.मा बजेट सुनिश्चित गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशले बाँकेमा एक सय ९६ वटा सडक निर्माण, स्तरोन्नती लगायत पूर्वाधारको निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकार सरकारको आगामी आ.व.को बार्षिक कार्यक्रम अनुसार, बाँकेका आठ वटै स्थानीय तहमा विभिन्न पूर्वाधार निर्माणका योजनालाई बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले बाँकेमा ३ लाख ९० हजारदेखि २ करोडसम्मका सडक, नाला, ढल निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले सितापुर राधापुर पुलचोकदेखि राधापुर पिसीओ जाने कृषि सडकका लागि १ करोड ५० लाख, च्यामा सम्झनाचोक खजुरा रिमझिम चोक राधापुर सडकका लागि १ करोड २० लाख, राप्तीसोनारी वडा नं. ७ सोनपुर हेल्थपोष्ट हुँदै पिपरहवा गंगापुर हुँदै मटेहिया जोड्ने सडक कालोपत्रे गर्न १ करोड २५ लाख, खजुरा बि गाउँ इ गाउँ पिलाडी चनौवा हुँदै मैट्वा चोक कोहलपुर सडकका लागि २ करोड ५० लाख, राँझा–राजापुर मध्यमार्गी लोकमार्गका लागि १ करोड १५ लाख, पिप्रहवा खजुरा गाउँपालिकाको जलपुरी हुँदै शिवपुरी साईगाउँ सिमादेखि समरपुर बेलडाँडा सडक स्तरोन्नतीका लागि २ करोड विनियोजन गरेको छ ।

कुलमानचोकदेखि एचगाउँसम्म जोड्न सडक कालोपत्रे बैजनाथ – ६ बाँकेका लागि ४० लाख, बैजथान– मा भज्यागौडीदेखि डायमड इमि स्कुल पूर्व शिव मन्दिर देखि रारा बस्ती, बोरिङ्ग बस्तीसम्म कालोपत्रेका लागि ४० लाख, खजुरा क्यान्सर अस्पताल हुँदै राधापुर–च्यामे सडक कालोपत्रेका लागि ४० लाख, बैजनाथ – ६ गडरही पानी ट्यांकीदेखि एच गाउँ जेठी नालामा पुलका लागि ४० लाख, करमोहना नालामा कल्र्भट निर्माण, कस्तुरी मार्ग जानकी गाउँपालिका वडा नं. ३ का लागि ५५ लाख, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ ढोडेगाउँ देखि काली मन्दिर हुँदै स्वास्थ्य चौकीसम्मको सडक स्तरोन्नतीका लागि ६० लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ र ४ बुद्ध गुम्बादेखि नमस्ते टोलसम्मको बाटो ढक्कन सहितको नाली र सडक निर्माणका लागि २० लाख, खजुरा रनियापुर सिक्टा नहरदेखि छकरीपुर हुँदै सोलार कम्पनीबाट गंगालिपुर जाने सडक कालोपत्रेका लागि ४० लाख, जानकी गाउँपालिका वडा नं. १ बढैयादेखि जोगागाउँसम्म बाटो कालोपत्रेका लागि १ करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको हो ।

प्रदेश सरकारले नेपालगन्ज १६ जैसपुर कब्रस्थानदेखि हनुमानमन्दिर हुँदै पाँचपोखरी जाने सडकका लागि २० लाख, नेपालगन्ज–१२ देखि जानकी ३ नयाँ बस्ती जोड्ने सडक नाली निर्माणका लागि २० लाख, पासाङ्ग ल्हामु मार्ग हुँदै ब्राइण्डल्याण्ड कलेज हुँदै जेलरोड जोड्ने सडक स्तरोन्नतीका लागि २० लाख, नेपालगन्ज वडा नं. १७ परसपुरचोकदेखि सुख्खा बन्दरगाह सडक स्तरोन्नतीका लागि ७५ लाख, किरणनाला सडक पुल नेपालगन्ज उपमहानगरपालिका विशालचोक हुँदै जानकी गाउँपालिकाको बनियागाउँ हुँदै खजुरा गाउँपालिकाको चल्तुवा माडरिया बेडारी बनकटवा चोक सडक ५ लाख, नेपालगन्ज–१६ जैसपुर भन्सारदेखि पंचपोखरी साइगाउँ हुँदै बढैया शिवपुरी खजुरा गाउँपालिका १ को बेलडाँडा सम्मको सडकका लागि ६५ लाख, चौलिक्का चोक हुँदै भाटनपूर्वा डुडुवा–२ सम्म जोड्ने सडकका नेपालगन्ज वडा नं. १४ का लागि ७५ लाख बजेट विनियोजन गरेको छ ।

Exit mobile version