एनसेलको योजना धामी जितिन् एक लाख

एनसेलको नयाँ योजना ‘बनौं करोडपति’मा बैतडी पुर्चुदींकी धनमति धामीले एक लाख पुरस्कार प्राप्त गरेकी छिन् । धामीलाई एनसेलका प्रादेशिक प्रमुख मनोज जोशीले पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

दुर्गम वस्तीकी धामीले आफुलाई पुरस्कार परेकोसमेत थाहै नपाएको प्रतिक्रिया दिंदै एनसेललेनै दिएको सूचनाका आधारमा जानकारी हुँदा निकै खुशी लागेको बताइन् । एनसेलले ग्राहकलाई लक्षित गर्दै नयाँ आकर्षक योजना ‘बनौं करोडपति’ अभियान सञ्चालन गरिरहेको छ ।

कम्पनिका अनुसार, यो योजनाअन्तर्गत एनसेल प्रयोगकर्ताहरूले भाग लिएर करोडौँ रूपैयाँ जित्न सक्ने अवसर पाउनेछन् । कम्पनीले नियमित रिचार्ज तथा सेवाको प्रयोगमार्फत ग्राहकलाई योजनामा सहभागी हुन सक्ने सुविधा दिएको हो ।

Exit mobile version