आदिकविको २११औं जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा आज आइतवार नेपालगन्जको भानुभक्त चोकमा विशेष कार्यक्रम आयोजना हुने भएको छ । भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति नेपालगन्ज र महेन्द्र पुस्तकालय नेपालगन्जको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम अन्तर्गत भानुभक्त आचार्यको प्रतिमा माल्यार्पण, प्रभातफेरी, पुस्तक विमोचन, रचनावाचन तथा व्यक्तित्वमाथि विशेष चर्चा हुने आयोजक संस्थाहरूले जनाएका छन् । ‘यसलाई भव्यता दिन हामी संयुक्त रुपले कार्यक्रम आयोजना गरिरहेका छौं,’ भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बस्नेतले भने ।

Exit mobile version